काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रदेश रहनुपर्ने तर प्रदेश सभा खारेज गर्नुपर्ने पार्टीको नीति रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले २१ मन्त्रालय घटाएर १५ मा सीमित गर्नुपर्ने र प्रदेश सभा स्थानीय तहका प्रतिनिधिमार्फत सञ्चालन गर्न सकिने धारणा राखे।
साथै, उनले हाल काम नगरेका करिब ११२ आयोग र निकाय खारेज गरेर राज्यको ठूलो खर्च बचत गर्न सकिने बताए।
झाले पुराना ठूला दलहरूसँग स्पष्ट योजना र सिद्धान्त नरहेको आरोप लगाउँदै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने बताए ।











प्रतिक्रिया