काठमाडौँ
सानिमा बैंकले ई–कम भिसा कार्ड प्रयोगकर्ताका लागि अनलाइनमार्फत कार्डमा टपअप गर्न मिल्ने सुविधाको सुरुआत गरेको छ ।
ई–कम भिसा कार्ड प्रयोगकर्ताले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी ई–कम भिसा कार्डमा टपअप गर्न सक्नेछन् । ग्राहकले सानिमा सजिलो ई–बैंकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेसअन्तर्गतको कार्ड सर्भिसबाट (ई–कम अनलाइन पेमेन्ट)मा आफ्नो विवरण राखेर टपअप गर्न सक्नेछन् ।
ग्राहकले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टपअपको प्रक्रिया अगाडि बढाउन सक्नेछन् । साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटिपी राखेपश्चात् कार्डमा तुरुन्तै टपअप हुनेछ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा एटिएम सञ्चालनमा रहेका छन् ।











प्रतिक्रिया