वैदेशिक रोजगारतर्फ नेपालीको ठूलो लहर, रेकर्ड तोड्दै श्रम स्वीकृति


काठमाडाै‌ ।

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि हालसम्मकै सबैभन्दा धेरै श्रमिकले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार कुल ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएका छन्, जसमा ७ लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला छन्।

महानिर्देशक कमलप्रसाद भट्टराईले ६० प्रतिशतले नयाँ र ४० प्रतिशतले पुनः श्रम स्वीकृति लिएको जानकारी दिनुभयो। संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, कुवेत, मलेसिया, जापान, दक्षिण कोरिया लगायत ६९ देश प्रमुख गन्तव्य रहेका छन्।

उहाँका अनुसार आवश्यक कागजात पुगेको खण्डमा अब श्रम स्वीकृति निवेदन दुई मिनेटमै स्वीकृत गरिनेछ। विभागले बिचौलियामुक्त सेवा प्रणाली सञ्चालन गरेको समेत जानकारी दिएको छ।