देशभर मनसुनी प्रभाव : वर्षा, बाढी र पहिरोको जोखिम


काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा समेत वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साना तथा ठूला नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।