काठमाडौं
एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघईलाई नेपाल सरकारले मुलुकको वाणिज्य, निर्यात तथा आर्थिक क्षेत्रमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरूप महत्वपूर्ण व्यावसायिक व्यक्ति सिआइपीको सम्मान प्रदान गरेको छ ।
नेपाल सरकारले मुलुकको समग्र अर्थतन्त्र, व्यापार तथा उद्योग क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरुलाई प्रत्येक वर्ष “सीआईपी“ (कमर्सिएल इम्पोटेन्ट पर्सन)को सम्मान प्रदान गर्दै आएको छ । सोही क्रममा २०८२ साल साउन १ गते आयोजित विशेष समारोहमा संघईलाई औपचारिक रूपमा सम्मानित गरिएको हो ।
रामचन्द्र संघई लामो समयदेखि मुलुकको वाणिज्य क्षेत्रमा क्रियाशील रहँदै आर्थिक विकास, रोजगारी सृजना र निर्यात प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँको नेतृत्व र दृष्टिकोणले निजी क्षेत्रको सुदृढीकरणमा उल्लेखनीय योगदान पु¥याएको छ ।
उक्त सम्मान प्राप्त गर्नु भएकोमा एनआईसी एशिया बैंकले संचालक संघईप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ। बैंकले जारी गरेको वक्तव्यमा उल्लेख गरिएअनुसार, सीआईपी जस्तो महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गर्नु बैंकका लागि पनि गौरवको विषय हो ।











प्रतिक्रिया