काठमाडौं
नेपालको बैंकिङ्ग क्षेत्रमा एक ऐतिहासिक सफलता हात पार्दै, ज्योति विकास बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै, सूचना सुरक्षा सर्टिफिकेसन प्राप्त गर्ने नेपालकै पहिलो विकास बैंक बन्ने कीर्तिमान बैंकले राखेको छ ।
यो प्रमाणपत्र विश्वविख्यात अन्तर्राष्ट्रिय प्रमाणन संस्था ब्रिटिश स्ट्यान्डर्ड इन्स्टिच्युट (बिएसआइ)बाट प्रदान गरिएको हो । बैंकले सूचना सुरक्षाका क्षेत्रमा अपनाएको उच्चस्तरीय प्रणाली, नीति तथा प्राविधिक अभ्यासलाई आधार मानेर उक्त संस्था द्वारा प्रमाणीकरण गरिएको हो ।
ज्योति विकास बैंकले मोबाइल बैंकिङ्ग, कार्ड सेवा, निक्षेप तथा कर्जा सेवा, सूचना प्रविधि, मानव संसाधन, डिजिटल बैंकिङ्ग, अपरेसन तथा जोखिम व्यवस्थापनजस्ता क्षेत्रमा गुणस्तरीय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएको छ । त्यसैको आधारमा बैंकले सूचना सुरक्षाको अन्तर्राष्ट्रिय सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो ।











प्रतिक्रिया