ढुवानी क्षेत्र आधुनिक बनाउँदै सारथी लजिस्टिक्स


काठमाडौँ
प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्स प्रालिले आजदेखि नेपालभर सेवा औपचारिक रूपमा सुरु गरेको छ । आधुनिक प्रविधि र पारदर्शि नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँस्तरको सेवा प्रदान गर्ने सारथीको लक्ष्य रहेको छ ।

स्वयम्भू ठूलोभ¥याङ, काठमाडौँमा मुख्य कार्यालय रहेको सारथीले नारायणघाट, वीरगञ्ज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, इटहरी र धनगढीमा शाखा कार्यालयसहित १५ स्थानबाट सेवाको सुरुआत गर्दैछ, जसले गर्दा नेपालभर प्रभावकारी सेवा पुग्नेछ ।

सारथीले आंशिक तथा पूर्ण ट्रक लोड सेवा, कुरीयर तथा पार्सल डेलिभरी, फ्लीट म्यानेजमेन्ट, वेयरहाउसिङ र वितरण, रिभर्स लजिस्टिक्सलगायतका सेवा प्रदान गर्छ । ग्राहकले मोबाइल एप वा वेबसाइटमार्फत सजिलै ट्रक बुकिङ्ग, रियल–टाइम ट्याकिङ र पारदर्शी सेवा प्राप्त गर्न सक्नेछन् ।

“नेपालमा ढुवानी व्यवसायलाई प्राविधिक, पारदर्शी र सहज बनाउन सारथी स्थापना गरिएको हो,” सारथीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपाने भन्नुहुन्छ, “हाम्रो लक्ष्य ढुवानी क्षेत्रलाई व्यवस्थित गर्दै व्यवसाय तथा आम उपभोक्तालाई भरपर्दो सेवा प्रदान गर्नु हो ।”

अनुभवी व्यवस्थापन टिम जसमा १५ बर्ष ढुवानी पेशाकर्मी, आईटी विज्ञ र सिए द्वारा सञ्चालन हुने सारथीले अबदेखि नेपालभर सस्तो, भरपर्दो र प्रविधिमैत्री ढुवानी सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।