काठमाडौँ
आइएमई पे र खल्ती वालेट मर्ज भएर आजबाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । एउटै एपमा समेटिएपछि साविकका एक करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।
यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’को चुक्ता पुँजी ५४ करोड रुपियाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ ।











प्रतिक्रिया