काठमाडौं
मन्जुश्री फाइनान्स लिमिटेडले मेरो पहिलो बचत खाता नामक बचत खाता सार्वजनिक गरेको छ । वित्तीय पहुँच भन्दा बाहिर रहेका ग्राहकका लागि विशेष ल्याईएको यो बचत खातामा १०० रुपियाँको मौज्दात संस्थाले आफ्नो तपÞर्mबाट जम्मा गरिदिने छ ।
वित्तीय पहुँचमा योगदान पुर्याउने मनशायले फाइनान्सले सो खाताको प्रक्षेपण गरेको हो । हालसम्म २२ रुपियाँ अर्ब निक्षेप संकलन गरि करिब १८.२ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ ।
फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकलाई उत्कृष्ट बैंङ्किग सेवा उपलब्ध गराइरहेको छ । हालको मिति सम्म १ लाख ५० हजार रुपियाँभन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउँदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।











प्रतिक्रिया