काठमाडौँ
दक्षिण एशियाको प्रख्यात भान्सा सामग्री ब्रान्ड ‘विनोद कुकवेयर इन्डिया’ले नेपालमा आफ्नो ब्रान्ड प्रवद्र्धनका लागि सुप्रसिद्ध पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको छ ।
‘आइरन लेडी’ का नामले परिचित श्रेष्ठले हालै १३ दिनको अन्तरालमा तीनपटक सगरमाथा आरोहण गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएकी थिइन् । उनले पाँचपटक सगरमाथालगायत ८ हजार मिटरभन्दा अग्ला आठ वटा शिखर सफलतापूर्वक आरोहण गरिसकेकी छिन् ।
श्रेष्ठको दृढता, अनुशासन र आत्मविश्वासले नेपाली महिलाको आत्मनिर्भरताको प्रतिनिधित्व गर्ने भन्दै ब्रान्डले उनीसँगको सहकार्यलाई “सशक्त चुलोचौकाको प्रेरणादायी कथा” को रूपमा प्रस्तुत गरेको छ ।
नेपालमा विनोद कुकवेयर इन्डियाका उत्पादनहरू इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रालिमार्फत भाटभटेनीको सहकार्यमा उपलब्ध छन् । कम्पनीका प्रवक्ता रमेश श्रेष्ठकाअनुसार प्रभावकारी खुद्रा र वितरण सञ्जालमार्फत ब्रान्डको सशक्त उपस्थिति कायम राखिएको छ ।
गुणस्तरीय र भरपर्दो उत्पादन
विनोद कुकवेयर इन्डियाले ट्राइप्लाई, स्यान्डविच बटम, हार्ड एनोडाइज्ड, कास्ट आइरन, र प्रेशर कुकिङ प्रविधिमा आधारित कुकवेयर उत्पादन गर्दै आएको छ । ब्रान्ड विशेषगरी स्टेनलेस स्टिल र ट्राइप्लाई प्रविधिका उत्पादनमा अग्रणी मानिन्छ । यसको कास्ट आइरन रेन्ज दुईपटक प्री–सीजन गरिएको, रासायनिक कोटिंगरहित तथा प्राकृतिक नन–स्टिक सतहसहित टिकाउ र स्वास्थ्यवद्र्धक बनाइएको छ ।
ब्रान्डले सन्तुलित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्दै आएको बताउँदै श्रेष्ठले भने, “विनोद कुकवेयरका उत्पादनहरूले नेपाली भान्सामा गुणस्तर र स्वास्थ्यको सन्तुलन ल्याउनेछन् ।”
विनोद कुकवेयरको इतिहास
सन् १९६२ मा भारतमा स्थापना भएको विनोद कुकवेयर इन्डिया प्रारम्भमा ट्रेडिङ कम्पनीका रूपमा सुरु भए पनि सन् १९८४ देखि उत्पादन क्षेत्रमा प्रवेश गरेको हो । अहिले कम्पनीले अत्याधुनिक प्रविधियुक्त उत्पादन इकाईमार्फत ‘विनोद कुकवेयर’ र ‘क्राफ्ट’ नामक दुई ब्रान्ड अन्तर्गत एशिया, मध्यपूर्व, अमेरिका र युरोपसम्म बजार विस्तार गरेको छ ।
कम्पनीले परम्परागत सीप र आधुनिक प्रविधिको संयोजन गर्दै ग्राहकलाई भरपर्दो, सुरक्षित र दीगो किचनवेयर प्रदान गर्दै आएको छ ।
पूर्णिमा श्रेष्ठसँगको सहकार्यमार्फत कम्पनीले नेपाली उपभोक्तासँग भावनात्मक र मूल्यगत सम्बन्ध थप सुदृढ हुने विश्वास लिएको छ ।











प्रतिक्रिया