काठमाडौँ
एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब एनआईसी एशिया बैंकका ग्राहकले नगरकोटमा रहेका १७ वटा घरपरिवारद्वारा सञ्चालित सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
भक्तपुरको चाँगुनारायणमा अवस्थित नगरकोट सामुदायिक होमस्टेको सेवा लिन इच्छुक ग्राहकले एनआईसी एशिया मोबाइल बैंकिङ एप ‘मोबाइल बैंकिङ’ प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गरेमा छुट सुविधा उपभोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
डिजिटल सशक्तिकरण र वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको यो सहकार्यबाट ग्राहकलाई सुरक्षित, सरल र आधुनिक भुक्तानी सेवा उपलब्ध हुनुका साथै स्थानीय ग्रामीण पर्यटनको प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउँदै ग्राहकमैत्री सेवा विस्तार गर्ने नीति अनुरूप यस्ता साझेदारीलाई प्राथमिकता दिँदै आएको छ ।











प्रतिक्रिया