मन्जुश्री फाइनान्सद्वारा कोहलपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौँ
मन्जुश्री फाइनान्स लिमिटेड, नेपालगञ्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा केमिकल सामग्री हस्तान्तरण गरेको छ ।

झण्डै १ लाख रुपियाँ बराबरको सामग्री कोहलपुर नगरपालिकालाई औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो । कार्यक्रममा मन्जुश्री फाइनान्सको तर्फबाट नेपालगञ्ज शाखाकी कार्यालय प्रमुख स्नेहा भुसालले सामग्री वितरण गर्नुभएको थियो ।

समाजसेवामा अग्रसर मन्जुश्री फाइनान्स
मन्जुश्री फाइनान्सले आफ्ना विभिन्न शाखाहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा आर्थिक सशक्तिकरणमा केन्द्रित कार्यक्रमहरू संचालन गर्दै आएको छ । फाइनान्सले यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

२७ शाखा, १.५ लाखभन्दा बढी ग्राहक
हाल मन्जुश्री फाइनान्सले देशभर २७ शाखा र १ बिस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थाले २२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन र १८.२ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिसकेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा कर्जामा सुलभ सुविधा प्रदान गर्दै आएको मन्जुश्री फाइनान्स हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा दिँदै आएको छ । गुणस्तरीय सेवा र दिगो वित्तीय पहुँच प्रदान गर्दै आएको मन्जुश्री फाइनान्स देशकै अग्रणी वित्तीय संस्थाहरूमध्ये एक हो ।