एनसेल ‘लीग अफ क्रिएटर्स अमनले जिते १० लाखको ब्रान्ड डिल


काठमाडौं
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने सफल भएका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कारस्वरुप यो डिल हात पारेका हुन् ।
आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ५ लाख रुपियाँको ब्रान्ड डिल जितिन् भने बागलुङ्गका मनिष रुचेलले तेस्रो बन्दै रु २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् । त्यसैगरी बुटवलका प्रशान्त पान्डेले चौथो स्थान हासिल गरि अपट्रेन्डली पीकका रुपमा रु १ लाखको ब्रान्ड डिल जित्नुभएको थियो ।
गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाझ विजयी क्रिएटरलाई पुरस्कार प्रदान गरिएको हो । देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उदेश्यसहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो ।
“देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ आयोजना गरिएको यो प्रतियोगिता सफलता पूर्वक सम्पन्न भयो ।