काठमाडौं
नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा परेर मृत्यु भएका मकवानपुर थाहा नगरपालिका–१ बस्ने रघुनन्दन यादवको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । झम्केश्वरी माविका शिक्षक तथा नेपाल बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक समेत रहेका यादवको गत जेठ १२ गते थाहा नगरपालिका–३ मा सडक दुर्घटनामा परी निधन भएको थियो ।
बैंकले असार २२ गते आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बीमा रकमको चेक श्रीमती अमिराकुमारी यादवलाई हस्तान्तरण गर्नुृभयो । पाण्डेयले बैंकले ग्राहकको वित्तीय सुरक्षामा उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो । स्व.यादवकी श्रीमती अमिराकुमारीले दुःखको बेलामा बिना कुनै झन्झट नेपाल बैंकबाट प्राप्त यो आर्थिक रकमले परिवारको भरणपोषणमा धेरै राहत पाएको महसुस गरेको बताउनु भयो ।
त्यस्तै, नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई काठमाडौं नयाँ बानेश्वरस्थित लेट मि इन प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिने सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकले एस्थेटिक्स सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने छन्। सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लेट मि इन प्रा.लि. का प्रबन्ध निर्देशक डो सु माले हस्ताक्षर गर्नुभएको छ ।











प्रतिक्रिया