भेटायोको नयाँ अफर, सोफा सफाइ सेवा ६ सयमा


काठमाण्डौ
भेटायोले प्रति सिटर ६ सय रुपियाँमा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ । यो सेवा हाल काठमाण्डौ उपत्यकाभित्र उपलब्ध हुने र ग्राहकले आफ्नो घरमै बसेर सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


भेटायोको अनुभवी सफाइ टोलीले इको–फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्री प्रयोग गरी सोफालाई नयाँजस्तै चम्किलो बनाउने कम्पनीले दाबी गरेको छ । धुलो, दाग, गन्ध र जीवाणुलाई प्रभावकारी रूपमा हटाउन विशेष प्रविधि अपनाउने गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेवा सम्पन्न गर्न औसतमा ४० मिनेटदेखि १ घण्टा लाग्नेछ ।


सेवा बुक गर्न ‘भेटायो’ मोबाइल एप प्रयोग गर्न सकिन्छ वा भेटायोको कल सेन्टरमा सम्पर्क गर्न सकिन्छ । ग्राहकले आफूलाई उपयुक्त मिति र समय छानेपछि, तोकिएको समयमा टोली घरमै पुगेर सफाइ र सुख्खाइ प्रक्रिया सम्पन्न गर्ने कम्पनीले उल्लेख गरेको छ ।