काठमाडौँ
एनआईएमबि र एनसीएचएल बीच एनपिएस–एनसिएस तथा घरेलु कार्ड योजना (नेपाल–पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।
एनसीएचएलले हालै एनपिएस–एनसिएस को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल–पे कार्डइस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्था एनपिएस–एनसिएस र नेपाल–पे कार्ड मा आवद्ध भइरहेका छन् ।
नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एनआईएमबिले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।











प्रतिक्रिया