एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा विशेष छुट


काठमाडौँ
एनआईसी एशिया बैंक र ई.स्टप नेपाल प्रा.लि.बीच बैंकका ग्राहकलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकले ई.स्टप नेपालद्वारा सञ्चालित रेष्टुरेन्टमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट पाउने भएका छन् ।

ई.स्टप नेपालले देशका विभिन्न स्थान, नवलपुरको दलदले, सिन्धुलीको रामटार र कुरिनटारमा सञ्चालित रेष्टुरेन्ट तथा चार्जिङ स्टेसनमा यो छुट उपलब्ध हुनेछ । ग्राहकले खाना खाँदै विद्युतीय सवारी साधन चार्ज गर्ने क्रममा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार, डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको यो सहकार्यबाट ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा छुटको सुविधा पाउनेछन् ।

ई.स्टप नेपाल “दी गो ग्रुप अफ कम्पनी” अन्तर्गतको संस्था हो, जसले हरित प्रविधि र दिगो सेवामा आधारित व्यवसायिक सेवा सञ्चालन गर्दै आएको छ । बैंकले यस सहकार्यबाट डिजिटल भुक्तानी प्रणालीलाई सुदृढ बनाउने र हरित अर्थतन्त्रको प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्झौताले ग्राहक सन्तुष्टि, सेवा सहजता र पर्यावरणमैत्री जीवनशैलीतर्फको संक्रमणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । आगामी दिनमा बैंकले यस्ता सहकार्यलाई अझ विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।