सिटी एक्सप्रेस १९ औ वर्षमा, आगामी दिनमा अझ सुदृढ सेवा दिने प्रतिवद्धता


काठमाडौँ
निजी क्षेत्रको अग्रणी रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर असार २७ गते १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ ।

बार्षिकोत्सवको अवसर पारेर एक भिडियो सन्देश जारी गर्दे सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८ वर्षसम्मको निरन्तर यात्रामा सहयात्री भइ साथ दिने ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं साझेदार संस्थालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहकको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘यस कम्पनीलाई यहाँसम्म ल्याउनका लागी विभिन्न देशका हाम्रा साझेदार संस्था, नेपालमा रहेका स्थानिय प्रतिनिधि, नेपाल राष्ट्र बैंक, नेपाल सरकारलगायतलाई म हृदयदेखी नै धन्यवाद दिन चाहान्छु । साथै, सिटी एक्सपे्रस मनि ट्रान्सफरलाई यहाँसम्म ल्याई पु¥याउनका लागी अहोरात्र खट्नु हुने हाम्रा कर्मचारी साथी र विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीलाई सेवा गर्ने अवसर दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु’ टन्डनले भन्नुभयो ‘सिटी एक्सपे्रस गत वर्ष मात्र नेपाल सरकारबाट सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीको क्षेत्रमा नम्बर एकमा पर्न सफल भएको छ र यो तपाईकै कारणले सफल भएको हो ।’

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।