‘वीमेन क्लब जुनियर्स’ परियोजना दोस्रो चरण सम्पन्न


काठमाडौँ
विद्यालय तहका किशोरहरूलाई लक्षित गरी सञ्चालित ‘वीमेन क्लब जुनियर्स’ परियोजना दोस्रो चरण सम्पन्न भएको छ । २०८१ जेठ – २०८२ असारसम्म सञ्चालन भएको यो परियोजना ‘हामी दाजुभाई’ संस्थाद्वारा डीकेए अष्ट्रियाको साझेदारी ललितपुर महानगरपालिकाको समन्वयमा संचालन गरिएको थियो । परियोजनाको समापन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा ५५ जना किशोर किशोरीको सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्देश्य किशोरहरूमा सकारात्मक पुरुषत्व, लैंगिक समानता, आत्मअनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु रहेको वीमेन क्लब जुनियर्स परियोजना संयोजक वर्षा थापामगरले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै पाटन हाइस्कुलका रनेश चौधरीले ‘पहिले घरायसी काम महिलाको मात्र हो भन्ने धारणा’ रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिले घरायसी काम गर्ने जिम्मेवारी महिलाको मात्र हो भन्ने सोच थियो तर, अहिले वीमेन क्लबमा सहभागी भएपछि मेरो सोचमा ठूलो परिवर्तन आयो । मैले अहिले घरायसी काममा पनि सघाउने गरेको छु ।’