उदयपुरमा आठ अर्ब अठाइस करोड असीलाख भन्दाबढी खर्च

2.35k
Shares

उदयपुर ।

उदयपुर जिल्लामा नेपाल सरकारले विनियोजन गरेको रकम मध्ये ९२.९८ प्रतिशत बजेट आर्थिक वर्ष २०८१।०८२मा खर्च भएको छ । असार २५ गतेबाट सबै प्रकारका खाताहरु सिस्टमले नै बन्द भएकोले आर्थिक कारोबार अनत्य भएको छ ।
संघीय सरकारले विनियोजन गरेको ८ अर्ब ९१ करोड ३७ लाख २९ हजार ७ सय ९ रुपैया कुल बजेट रहेकोमा ८ अर्ब २८ करोड ८० लाख ६ हजार २४ रुपैया असार २५ गतेसम्ममा खर्च भएको र कुल ९२.९८ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरले जनाएको छ ।

चालु तर्फ ७ अर्ब ८१ करोड २२ लाख ४३ हजार ८सय १५ रुपैया विनियोजन भएकोमा ७ अर्ब ३४ करोड ६४ लाख ६९ हजार४सय २१ रुपैया खर्च भएको छ ।यसैगरी पुँजिगत खर्च तर्फ १ अर्ब १० करोड १४ लाख ८५ हजार ८ सय ९४ रुपैया विनियोजन भएकोमा ९४ करोड १५ लाख ३६ हजार ६सय ३ रुपैया २५ पैसा खर्च भएको छ । चालु तर्फ ९४.ं०४ प्रतिशत र पुँजिगत तर्फ ८५.४८ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद घिमिरेले बताउनु भयो ।

बजेट निकासा प्रक्रियाका बारेमा कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरका कोष नियन्त्रक विकास भट्टराईले मुख्य गरी चार प्रकारले निकासा दिने गरेको त्रैमासिक रुपमा निकासाको प्रक्रिया रहेको र पहिलो त्रैमासिकमा जति रकम निकासा भएको छ सोही अनुसार दोश्रो, तेश्रो र चौथो पटकको रकम निकासाका लागि सम्बन्धित कार्यालयबाट भुक्तानी आदेश बनाएर ल्याएपछि कोलेनिकाबाट तोक लाएर टिएसए शाखाबाट भौचर उठाएर तोक लागेपछि रकम भुक्तानीको लागि सम्बन्धित खातामा रकम जम्मा गर्ने गरिएको बताए ।

प्रदेश लेखा इकाई कार्यालय उदयपुरले पनि चालु आर्थिक वर्षको खाता २५ गतेबाट सबै कार्यालयको बन्द गरेको जनाएको छ ।
प्रदेश लेखा इकाई कार्यालय उदयपुरका प्रमुख पेम्बा शेर्पाका अनुसार आर्थिक वर्ष २०८१। ०८२मा चालु तर्फ ५१ करोड ३६ लाख ६० जार ४सय ४८ रुपैया निकासा भएकोमा ४० करोड ८४ लाख ५९ हजार २ सय २९ रुपैया खर्च भएको छ । प्रतिशतका आधारमा चालु तर्फ ७९.५२ प्रतिशत बजेट खर्च भएको छ ।

यसैगरी पुँजिगत तर्फ १ अर्ब ६४ करोड ४२ लाख ३ हजार बजेट विनियोजन भएकोमा ९९ करोड ९५ लाख १० हजार २सय ९३ रुपैया खर्च भएको र प्रतिशतका आधारमा ९३.९० प्रतिशत रकम खर्च भएको छ । हालसम्मको यस आ.ब.को चालु र पुँजिगतको कुल खर्च १ अर्ब ६९ करोड ६ लाख ७५ हजार ८सय८० रुपैया ३१ पैसा प्रतिशतमा ८६.७१ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा इकाई कार्यालयका कार्यालयका प्रमुख पेम्बा शेर्पाले बताए ।