काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार बागमती, गण्डकी, लुम्बिनी तथा अन्य पहाडी भू-भागहरूमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
वर्षाका कारण बाढी, पहिरो, भूक्षय र डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।











प्रतिक्रिया