क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा


काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अब जीवनको यात्रा खेलमै समर्पित गर्ने संकेत दिएका छन्। प्रहरी सेवामा सहायक हवल्दारको रूपमा कार्यरत रहेका ऐरीले औपचारिक रूपमा राजीनामा दिएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ऐरीको राजीनामा स्वीकृत भइसकेको छ।

२०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका ऐरी ७ वर्षपछि सहायक हवल्दारमा बढुवा भएका थिए । त्यसको २ वर्ष नपुग्दै उनले पुलिसको जागिर छोडेका हुन् ।