काठमाडौँ
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न शाखामा गुनासो सुनुवाई र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । असार १ र २ गते सम्पन्न यस कार्यक्रम अन्तर्गत शाखा कार्यालयहरूमा सेवा लिने सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको गुनासो समाधान गरिनुका साथै वित्तीय जानकारीसम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो ।
कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, प्रदेश प्रमुख, अनुगमन अधिकृत तथा शाखा प्रमुखको उपस्थिति रहेको थियो ।
गुनासो सुनुवाई तथा साक्षरता कार्यक्रम गोर्कटा, बोडगाउँ र सर्दी शाखामा आयोजना गरिएको थियो । गोर्कटा शाखामा ६२ जना, बोडगाउँ शाखामा ७८ जना र सर्दी शाखामा ५५ जना सदस्यले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागीलाई संस्थाले उपलब्ध गराउँदै आएका वित्तीय सेवा, कर्जा सुविधा, बचत खाता, बीमा सुविधालगायतका विषयमा जानकारी दिइएको थियो ।











प्रतिक्रिया