गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २३औं वार्षिकोत्सव सम्पन्न


काठमाडौं
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो २३औं वार्षिकोत्सव भव्य रूपमा मनाउँदै २४औं वर्षमा प्रवेश गरेको छ । विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुँदै आएको छ ।

संस्थाले विगत ७ वर्षदेखि ललितपुरको बुंगमतीस्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएको छ । यस वर्षको वार्षिकोत्सवको अवसरमा समेत आगामी वर्षहरूमा पनि सो सहयोग निरन्तर दिने गरी सम्झौता नवीकरण गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी, वार्षिकोत्सवको अवसरमा २०८२ जेठ ३० गते नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

संस्थाका सूचना अधिकृत तथा सहायक महाप्रबन्धक अर्चना प्रधानका अनुसार फाइनान्सले वित्तीय साक्षरतादेखि सामाजिक सेवासम्ममा सक्रियता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

हाल फाइनान्सले देशभर २३ शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरमार्फत आधुनिक बैंकिङ्ग सेवाहरू—जस्तै ब्त्ः सेवा, सेफ डिपोजिट लकर, डिम्याट खाता, मोबाइल बैंकिङ्ग लगायत—प्रदान गरिरहेको छ ।

संस्थाले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक, शेयरधनी, शुभचिन्तक, नेपाल राष्ट्र बैंक र अन्य नियमनकारी निकायप्रति आभार प्रकट गर्दै भविष्यमा अझ सुदृढ, सरल, विश्वसनीय र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अठोट दोहोर्याएको छ ।