काठमाडौँ
नेपाल बैंकले आर्थिक वर्ष २०७४÷०७५ मा बैंकबाट २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित समाचारहरुको खण्डन गरेको छ ।
बैंकको धर्मपथस्थित केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो ।
‘यस बैंकबाट आव २०७४÷७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित गरेको भ्रामक, झूटो र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, बैंकले भनेको छ ।
बैंकले राष्ट्र बैंकका जारी निर्देशन तथा प्रचलित नेपाल कानुनबमोजिम आफ्नो हिसाबकिताब राख्दै आएको, नियामकीय निकायलाई बैंकको अनुपालनाका विषयमा पूर्ण जानकारी भएको र बैंकका लेखापरीक्षण भएका वित्तीय विवरणहरु त्रैमासिक तथा वार्षिक रुपमा सबैको जानकारीको लागि सार्वजनिक गर्ने गरिएको उल्लेख गरेको छ ।
साथै बैंक नियामक निकायको नीति तथा निर्देशनहरु पूर्णपालनामा प्रतिबद्ध रहेको पनि दाबी गरिएको छ ।











प्रतिक्रिया