एभरेष्ट कलरले पायो आइएसओ प्रमाणपत्र, शेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता


काठमाडौँ
एभरेष्ट कलरले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ प्रमाणिकरण प्राप्त गरेको छ । नेपाल सरकारको शहरी विकास तथा भवन निर्माण विभागमा सूचीबद्ध यस कम्पनीले हालै ७ लाख ९० हजार कित्ता साधारण शेयर निष्काशनको तयारी गरिरहेको छ ।

यस सन्दर्भमा, एभरेष्ट कलरका प्रबन्ध निर्देशक श्री सरोज लुइटेल र प्रत्याभूतिकर्ता लक्ष्मी सनराइज पुँजी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री विजयलाल श्रेष्ठबीच आज प्रत्याभूति सम्झौता सम्पन्न भएको हो ।

एभरेष्ट कलर विशेषतः नेपाली लगानीकर्ताहरूको समर्पण र योजनाबाट स्थापना भएको संस्था हो, जसले विदेशी आयात प्रतिस्थापन गर्दै देशकै भौतिक संरचनामा उच्च गुणस्तरको रंग प्रयोग गराउने उद्देश्य लिएको छ। साथै, यसले रोजगारी सिर्जना, आयात घटाउने र आन्तरिक राजस्व वृद्धि गर्दै राष्ट्रसेवामा योगदान पु¥याउने दृष्टिकोण लिएको छ ।

कम्पनीलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले “डबल बी माइनस” रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय एवं व्यवस्थापनीय अवस्था सकारात्मक दिशामा रहेको संकेत गर्दछ ।

एभरेष्ट कलर निकट भविष्यमा सार्वजनिक सेयर निष्काशन (आईपीओ) मार्फत आमनागरिकलाई पनि आफ्नो हिस्सेदार बनाउने तयारीमा छ ।