जेठ १८ गते आइतबार, यस्यो छ तपाईंको राशिफल


मेष : समय अनुकूल छैन । पेटको समस्या, विवाद, थकान, आलस्यताको सम्भावना छ ।

वृष : दिन बलियो हुनाले पराक्रम, पैसा प्राप्ति, पढाइमा सफलता, व्यापारिक लाभ होला ।

मिथुन : सानै प्रयासमा धन लाभ होला । साथै सुख–शान्ति, काममा सफलता हुने देखिन्छ ।

कर्कट : दिन बलवान् छ । मीठो भोजन, उपहारादि वस्तु प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

सिंह : दिन अनुकूल छैन । धनको नोक्सानी, साथीभाइसँग विवाद, चोटपटकको सम्भावना छ ।

कन्या : खुशी रहनुस् । विविध लाभ, उत्तम भोजन, पारिवारिक सुख, प्रसन्नता हुने देखिन्छ ।

तुला : समय बलवान् छ । गरेको र आँटेको काम सफल, स्वस्थता, सुखको अनुभूति होला ।

वृश्चिक : दिन उत्तम छ । कूटनीतिक सफलता, प्रतिष्ठा वृद्धि, पढाइमा सफलता हुने देखिन्छ ।

धनु : सजगता अपनाउनुहोला । रोगव्याधिको सम्भावना, आर्थिक भार, मानसिक कष्ट हुन सक्छ ।

मकर : मान–सम्मान, धन लाभ, अधुरा कार्य पूरा, प्रेमप्रसंगमा सफलता हुने सम्भावना छ ।

कुम्भ : समय उत्तम छ । पैसा लाभ, खेलकुद, परीक्षा आदिमा सफलता मिल्ने देखिन्छ ।

मीन : दिन शुभ भएकाले गरेका काम सफल, रोगव्याधिबाट छुटकारा, व्यापारबाट लाभ होला ।