काठमाडौँ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । डा। कोइरालाको बालुवाटारस्थित सचिवालयमा शुक्रबार बिहान भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् । पछिल्लो समय कोइराला र थापाबीच छलफल हुन सकेको थिएन।
यसअघि गत असार ३० गते मन्त्री चयनको विषयमा दुई नेताबिच छलफल भएको थियो । त्यसयता पहिलो पटक भएको यो भेटलाई महत्त्वपूर्ण मानिएको छ ।
यो भेटले सम्बन्ध सुधारको सङ्केत गरेको नेताहरूको भनाइ छ ।











प्रतिक्रिया