मेष: शुभ समय भएकाले धन प्राप्ति, साथीभाइबाट सहयोग, पढाइ–लेखाइमा सफलता होला ।
वृष: समय उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धीमाथि विजय, गरेका कार्यमा सफलता होला ।
मिथुन: दिन शुभ छ । कर्तव्य गर्नुस् । धन प्राप्ति, काममा सफलता, सुख–सन्तोष हुने देखिन्छ ।
कर्कट: समय अनुकूल देखिँदैन । स्वास्थ्य गडबड, विनाउपलब्धिको दौडधूप, विवाद हुन सक्छ ।
सिंह: दिन धेरै उत्तम छ । आर्थिक लाभ, प्रतिष्ठा वृद्धि, सानै प्रयासमा प्रगति हुने देखिन्छ ।
कन्या: समय अनुकूल भएकाले धन लाभ, राम्रो कामको थालनी, विजय हुने सम्भावना छ ।
तुला: समय बलवान् छ । मीठो भोजन, आर्थिक लाभ, पुरस्कार प्राप्तिको सम्भावना देखिन्छ ।
वृश्चिक:समय शुभ नभएकाले स्वास्थ्य समस्या, विवाद हुन सक्छ । सजग रहनु बेस होला ।
धनु: दिन शुभ छ । विविध लाभ, मीठो भोजभतेर एवं पैसा प्राप्तिको सम्भावना अधिक छ ।
मकर: शुभ समयले काममा सन्तुष्टि, आँटेका काममा सफलता, शारीरिक तन्दुरुस्ती हुने देखिन्छ ।
कुम्भ: समय उत्तम फलदायक छ । सरकारी निकायबाट लाभ, व्यापारिक सफलता, मान बढ्ला ।
मीन ः दिन अनुकूल नभएकाले रोगव्याधिको भय, धन हानि, सानो कुरामा पनि विवाद आउन सक्छ ।











प्रतिक्रिया