नवलपरासी ।
नेपाली काग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेस अधिवेशन समयमै गर्न आम कार्यकर्ताले सामाजिक सञ्जालबाट दबाब दिनु पर्ने बताएकाछन् । कोइराला भन्छन् नेपाली काग्रेसको बिधानले तोके अनुसारनै काग्रेस अधिवेशन हुन्छ, समय सार्ने कुरा मलाई स्वीकार्य हुदैन र कुनै असहज परिस्थिति पनि छैन् । समयमा अधिवेशन गर्न सभापति शेर बहादुर देउवाका साथै केन्द्रीय समितिलाई दबाब दिई रहनुहोस् ।
आगामी मंसिर भित्र अधिवेशन भई सक्नु पर्छ, अधिवेशन पछि सार्ने निर्णय आत्मघाती हुने र यसले काग्रेसलाई झन कमजोर पार्ने कोइरालाले बताए । अधिवेशनमा उठ्ने छुट सबैलाई छ कसैलाई रोक्न मिल्दैन तर अधिवेशन त हुनै पर्छ,केन्द्रीय समितिको बैठक किन हुन सकेन डा.कोइरालाको भनाई थियो ।
कोइरालाले सो कुरा शनिबार पूर्वी नवलपरासीको कावासोती स्थित बीपी भवनमा प्रेस युनियन नवलपुरसंगको भेटमा बताएका हुन् । कोइरालाले वर्तमान सरकारले आफ्नो उदेश्य अनुरूप काम गर्न नसकेको,भ्रष्टाचार मौलाएको,दण्डहीनता बढेको,गभर्नर नियुक्तिका बिषयमा संविधान मिच्दै समय लम्ब्याएको, संविधान पुनरावलोकनका बिषयलाई बिर्सिदै गएको जस्ता आरापै आरोप लगाए ।
साथै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रति सरकारको यस अघिका काम गराई हेर्दा कार्यान्वयन हुन आफुले कठीन देखेको बताए । डा. कोइरालाले नेपाल थारू संघ नवलपुरको प्रथम जिल्ला अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए ।
काग्रेस नेता बल बहादुर केसी,उदय समशेर राणा तथा योगेन्द्र चौधरीका साथ नवलपरासी पूर्व डण्डा आई पुगेका डा.कोइराला कांग्रेस कार्यकर्ता माझ दिनभर नवलपुरमै व्यस्त रहेका छन् ।











प्रतिक्रिया