पाँचौँ नेपाल इ-स्पोर्ट्स च्याम्पियनसिपको तयारी


काठमाडौँ ।

नेपाल इ-स्पोर्ट्स संघ(नेसा)ले पाँचौँ नेपाल इ-स्पोर्ट्स च्याम्पियनसिपको आयोजना गर्ने भएको छ ।

यो विश्व इ-स्पोर्ट्स च्याम्पियन्सीपको छनोट प्रतियोगिता पनि हो । नेपाल इ-स्पोर्ट्स संघका अध्यक्ष सुरज डंगोलले विश्व इ(स्पोर्ट्स च्याम्पियनका लागि चयन हुने जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय इस्पोर्ट्स महासंघ (आइइएसएफ)को आयोजनामा विश्व इ-स्पोर्ट्स च्याम्पियन्सीप प्रत्येक वर्ष आयोजना हुने गर्दछ ।

नेपाल इ(स्पोर्ट्स च्याम्पियनसिप आगामी मे महिनाको पहिलो हप्ता सम्पन्न हुनेछ । जहाँ घरेलु शीर्ष इ-स्पोर्ट्स खेलाडीहरुले क्षेत्रीय छनोटमा नेपालको प्रतिनिधित्व गर्न मिहिनेत गर्नेछन् । क्षेत्रीय चरणबाट सफल हुने खेलाडी विश्व इ-स्पोर्ट्स च्याम्पियनसिपको फाइनल खेल्न योग्य हुने प्रावधान रहेको छ ।

पाँचौँ नेपाल इ(स्पोर्ट्स च्याम्पियनसिपका लागि प्रारम्भिक चरण सम्पन्न भइसकेको छ । नेपाल इ-स्पोर्ट्स च्याम्पियनसिपमा प्रमुख छ विधामा खेलाडीहरुले कडा प्रतिस्पर्धा गर्नेछन् । जसमा इ-फुटबल, डोटा टु, काउन्टर स्ट्राइकर टु (सिएसटु), मोबाइल लिजेन्ड्स स् ब्याङ ब्याङ (एमएलबबी) ओपन, मोबाइल लिजेन्ड्स ब्याङ ब्याङ (एमएलबबी) महिला डिभिजन र पब्जी मोबाइल रहेका छन् ।

नेपाल इ-स्पोर्ट्स संघले यस प्रतियोगिताले नेपाली इ-स्पोर्ट्स खेलाडीहरुको क्षमता, समर्पण र खेल भावनालाई विश्व मञ्चसम्म पुर्याउनुका साथै नेपालमा तीब्र गतिमा फस्टाइरहेको इ-स्पोर्ट्सको यात्रामा यो प्रतियोगिता कोशेढुङगा सावित हुने अपेक्षा गरेको छ ।