राजवीरद्वारा शीर्ष खेलाडी स्तब्ध


काठमाडौं ।

राजवीर प्रधानले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सको क्वार्टरफाइनलमा स्तब्ध नतिजा निकाल्दै सेमिफाइनल यात्रा तय गरेका छन् ।

बुधबार भएको खेलमा राजवीरले नेपालका शीर्ष खेलाडी प्रदीप खड्कालाई ६–४ र ७–५ को सोझो सेटमा हराएर स्तब्ध तुल्याएका हुन् । सोही स्पर्धामा आरभ सम्राट हाडाले सक्षमविक्रम शाहलाई ६–२ र ६–१, निसान श्रेष्ठले प्रणव खनाललाई ४–६, ६–२ र ७–५ तथा निहालजंगबहादुर थापाले प्रीतम परियारलाई ६–२ र ६–१ ले हराउदै अन्तिम चारमा प्रवेश गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले समृद्धि महर्जनलाई ६–२ र ६–०, जेनी खड्काले प्रकृति श्रेष्ठलाई ६–२ र ६–०, आइशा डोल्कर लामाले कर्मिस्था नुगाह श्रेष्ठलाई ७–६ र ६–३ तथा स्वस्तिका विष्ठटले सुनिरा थापालाई ६–३, ३–६ र ७–६ ले पाखा लगाउदै अन्तिम चारमा पुगे ।