लन्डन, (एजेन्सी) ।
जारी सिजनको अन्त्यमा रियल मेड्रिड छाड्ने तयारीमा रहेका प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिलियन राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नबन्ने भएका छन् ।
इटालियन प्रशिक्षक एन्सेलोटीले ब्राजिलियन फुटबल महासंघका अध्यक्ष एडनाल्डो रोड्रिग्सलाई फोनमार्फत् प्रस्ताव अस्वीकार गर्ने निर्णय सुनाएका थिए ।
गत महिना अर्जेन्टिनासँगको ४–१ को हारपछि ब्राजिली प्रशिक्षक डोरिभल जुनियरलाई बर्खास्त गरेयता ब्राजिल नयाँ प्रशिक्षकको खोजीमा छ । ब्राजिलले विश्वकप छनोटअन्तर्गत इक्वेडर र पाराग्वेसँग खेल्नेअघि नै नयाँ प्रशिक्षक नियुक्त गर्ने योजना छ ।
फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा ब्राजिल हाल चौथो स्थानमा छ भने अर्जेन्टिना विश्वकप २०२६ मा छनोट भइसकेको छ ।











प्रतिक्रिया