एक्सन हिरो निखिल उप्रेती लामो समयपछि फिल्ममा फर्कने भएका छन्।
उनी आचार्य नामक फिल्मको निर्माण र निर्देशनबाट फिल्ममा फर्कन लागेका हुन्। निखिलले आप्mनो यो नयाँ फिल्ममा म्युजिक भिडियोकी मोडल उषा उप्रेतीलाई फिल्ममा डेब्यु गराउने भएका छन्।
‘नयाँ यात्रा शुरू हुन्छ। साहसिक यात्रा पर्खिरहेको छ’ उषाले निखिलको फिल्ममा अनुबन्धित भएपछि सामाजिक सञ्जालमा निखिल र अभिनेत्री सञ्चिता लुइटेल दम्पतीसँगको फोटो सेयर गर्दै लेखेकी छन्। निखिलले गत चैतमा आचार्य नाममा चलचित्र विकास बोर्डमा फिल्म निर्माणका लागि इजाजत लिएका थिए।
फिल्मको छायांकन जेठबाट शुरू गरिने भएको छ भने निखिल स्वयं दमदार एक्सन भूमिकामा देखिने छन्। फिल्मको सुटिङ नेपालका विभिन्न स्थलदेखि मुम्बई, बाली र दुबईसम्म गरिने भएको छ।











प्रतिक्रिया