आगामी साउन २३ गते रिलिजमा आउने फिल्म मोहरको फस्टलुक सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू नायक पल शाह, नायिकाद्वय बेनिशा हमाल र नीति शाह, कलाकार अर्जुनजंग शाहीलाई स्थान दिइएको छ।
पल शाह केही रिसाएको अनुहारसहित कतै हेरिरहेका छन् भने बेनिशाको अनुहारमा डरको भाव र नीति हर्षित मुद्रामा देखिएका छन्। मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, बाल–कलाकार सारा शर्मालगायतले अभिनय गरेको फिल्म ओम प्रतीकको लेखन र निर्देशनमा निर्माणाधीन छ।
फिल्म मेकर्स प्रालिको ब्यानरमा चुम्बनजंग शाहीद्वारा निर्मित फिल्ममा प्रमोद ढुंगाना र हर्क साउदको शब्द रचना, सुरेश अधिकारी र एसडी योगीको संगीत, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, कुमार महर्जनको एक्सन, दीपेन बस्न्यातको डीओपी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। फिल्म दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा छायांकन गरिएको हो।











प्रतिक्रिया