धादिङवेशीमा प्रदेश स्तरीय तेक्वादोमा १२ सय खेलाडी सहभागी हुने


जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको तथा अन्तरराष्ट्रीय धादिङ समाज को सह आयोजनामा धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

प्रदेश स्तरीय प्रतियोगिता २०८२ बैशाख २५ देखी २७ गतेसम्म धादिङ वेशी को कवर्ड हलमा संचालन हुनेछ । प्रदेश भरिबाट १२०० खेलाडीहरुले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ ।

प्रतियोगिताको विजयी टिमलाई १ लाख उपविजेतालाई ६५ हजार, तृतीयलाई ३५ हजार नगद पुरस्कार र विजेता खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने उतकृष्ट महिला र पुरुष खेलाडी लाइ नगद रु १०/१० हजार पुरस्कार दिइने जानकारी जय नेपाल स्पोर्ट्सका अध्यक्ष अनिश अधिकारी ले जानकारी दिए, उक्त प्रतियोगिता को उत्कृष्ट महिला खेलाडिले Heartland Academy Centre For Women बाफल कक्षा ११ र १२ फुल स्कलरसिप मा अध्यन को अवसर प्राप्त गर्नछ जेहेन्दार २ महिला खेलाडी लाइ ७५% छुट र अन्य ५ जना महिला खेलाडी हरुलाइ ५० प्रतिशत छुटमा Heartland Academy Centre For Women बाफलमा अध्ययनको अवसर प्रधान गरिनेछ खेलवधीभर सम्पुर्ण खेलाडीलाई आयोजक कमिटीले बिहान र बेलुकी खानाको व्यवस्था गरेकाे छ ।