वैशाख १४ गते आइतबार, यस्ताे छ तपाईकाे राशिफल


मेष: दिन शुभ छ । कोसेली, पुरस्कार प्राप्तिका साथै कार्य सफल, लाभको सम्भावना छ ।

वृष: दिन शुभ देखिँदैन । नोक्सानी, चोटपटकको भयका साथै निरर्थक खर्चको सम्भावना छ ।

मिथुन: सानै प्रयासमा पैसा, विविध सेवा वा वस्तुको प्राप्ति, मीठो भोजनको सम्भावना छ ।

कर्कट: दिन शुभ फलदायक छ । सुख–सन्तोष मिल्ला । स्वस्थ एवं मन प्रफुल्लित हुनेछ ।

सिंह: राजनीतिक असफलता, राज्यबाट तनाव, प्रतिष्ठामा ह्रास आउन सक्ने देखिन्छ ।

कन्या: दिन शुभ देखिँदैन । रोगव्याधि, नोक्सानी, बाधा आउन सक्ने हुँदा सजग रहनु बेस ।

तुला: दिन शुभ फलदायक छ । धन लाभ, मान–सम्मान, परीक्षामा सफलता हुने देखिन्छ ।

वृश्चिक: समय शुभ छ । सानै प्रयासमा द्रव्य लाभ, विजय, खेलकुद–परीक्षामा सफलता हुनेछ ।

धनु: सजग रहनुस् । वायुजन्य रोगको भय, काममा असफलता, शोक हुन सक्ने देखिन्छ ।

मकर: दिन अशुभ भएकाले झाडापखाला, ग्यास्ट्रिक, निरर्थक घुमफिर नहोला भन्न सकिन्न ।

कुम्भ: शुभ दिन भएकाले आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापारमा सफलता होला ।

मीन: धन हानि, मानसिक चञ्चलता, आँखामा समस्या हुन सक्छ । सजग रहनु बेस होला ।