तपाईँ पहिलोपटक कक्षामा हुँदा कति जिम्मेवारी थियो ? अलिकति ! अर्को कक्षामा पुग्दा त्यो जिम्मेवारी घट्यो कि बढ्यो ? तेस्रो कक्षामा पुग्दा त्यो जिम्मेवारी घट्यो कि बढ्यो ? यसो गर्दागर्दै तपाईँले माध्यमिक तहको शिक्षा उत्तीर्ण गर्नुभयो । क्याम्पसमा पढ्न थालेपछि जिम्मेवारी आफैँ बढ्दै गयो ।
तपाईँले विवाह गरेपछि जिम्मेवारी आफैँ बढ्दै गयो । तपाईँको जागिरमा प्रमोसन हुँदै जाँदा जिम्मेवारी पनि बढ्दै गयो ! तपाईँको उमेर बढ्दै जाँदा त्यो जिम्मेवारी पनि बढ्दै गयो । यसकारण यो जिम्मेवारी कहिल्यै पनि घटेन । एकदिन हाम्रो जिम्मेवारी घट्नेछ भन्ने कुरा त केवल मानिसहरूको सपना मात्र हो । जिम्मेवारी घट्दै घट्दैन । यी जिम्मेवारीहरूका बीचमा एकजना मानिस छ ।
एकदमै जिम्मेवार मानिससँग जतिसुकै धेरै जिम्मेवारीहरू भए पनि उसले खाना नखाएमा भोक अवश्य लाग्नेछ । भोक लागेपछि उसले खानु आवश्यक हुन्छ । पानी खाएन भने तिर्खा त लाग्छ नै । किनभने, ऊ एक मानिस हो । यी मानिसका आवश्यकताहरू हुन् । खाना खानु, पानी पिउनु, श्वास लिनु । यदि कसैले मसँग श्वास लिने समय छैन भन्यो भने के होला ? यदि वास्तवमै कसैसँग सास फेर्नका लागि समय छैन भने तपाईँलाई थाहा छ– तीन मिनेटपछि उसलाई के हुनेछ ? ऊ यस संसारबाट बिदा हुनेछ । श्वास एकदमै आवश्यक चिज हो ।
यदि जिम्मेवारीका कारण कुनै मानिस सुतेन भने– मैले देखेको पनि छु । ठूला–ठूला देशका प्रमुखहरू विशेष बैठकमा उपस्थित भएका हुन्छन् अनि त्यसमध्ये एकजना चाहिँ सुतिरहेका हुन्छन् । किन ? किनभने उनी मानिस हुन् र मानिसलाई निद्रा लाग्छ अनि सुत्ने कुरा उनका लागि एकदमै आवश्यक हुन्छ । ठीक यसै गरी शान्ति पनि हाम्रो आवश्यकता हो भनेर हामी शान्तिलाई किन हेर्दैनौँ ? यो त श्वास लिनु, खाना खानु, पानी पिउनु जत्तिकै अत्यावश्यक चिज हो । यसको अभावमा हामी अधुरो हुन्छौँ । त्यस शान्तिको अभावमा, आपूmलाई नचिनेसम्म, आपूmलाई नजानेसम्म हामी अधुरै हुन्छौँ ।
हामी अधुरो भएसम्म हामी कुनै पनि कुरालाई राम्रो तरिकाले पूरा गर्न सक्दैनौँ । किनभने, हामीलाई सधैँ याद आइरहन्छ, ‘म को हुँ ! मेरो जीवनमा के हुनेछ !’ मानिसहरू आपूmलाई बर्सौँसम्म बाँच्छु भन्ठान्छन् । यदि एकजना मानिस सय वर्षसम्म बाँच्छन् र सयलाई तपाईँ ३६५ ले गुणा गर्नुहुन्छ भने उनले बाँचेका दिनहरूको हिसाब केवल ३६,५०० हुन्छ । ३६ हजार ५ सय दिन हुन्छ । हामीले बाँच्ने दिन केवल यति त हो । त्यसमा पनि यदि सय वर्षसम्म बाँच्यौँ भने मात्र ! यसर्थ हामी यहाँ जे–जति दिन बाँचे पनि हामी के गरिरहेका छौँ ? आफ्ना लागि के कमाइरहेका छौँ ? आफ्नो हृदयका लागि के कमाइरहेका छौँ ? आफ्नो शान्तिका लागि के कमाइ गरिरहेका छौँ ? वास्तवमा हामीले आपूm जिउनुको सार्थकताका लागि के कमाइ गरेका छौँ ?
मानिसभित्र शान्ति छ । त्यो शान्तिलाई महसुस गर्नु मानिसका लागि अत्यावश्यक विषय हो, आधारभूत कुरा हो । यदि मानिसले त्यो शान्तिलाई महसुस गर्न सकेन भने ऊ को हो, ऊ के हो भन्ने कुरालाई बुझ्न सक्दैन । यदि उसले ‘म को हुँ’ भनेर आपूmलाई बुझ्न सकेन भने अरू चिजका बारेमा बुझ्ने कोसिस गर्छ । मानिसहरू यस्तै गरिरहेका हुन्छन् । अरू सबै चिजलाई बुझ्ने प्रयास गर्छ तर स्वयम् आपूmलाई बुझ्ने कोसिस गर्दैन । उसले साथीलाई चिन्छ तर आपैmँलाई चिन्दैन । ऊ आफ्नो परिवारलाई चिन्छ तर आपूmले आपैmँलाई चिन्दैन । ऊ आफ्ना साथीभाइलाई चिन्छ तर आपूmले आपैmँलाई चिन्दैन । उसले आफ्नो जीवनमा बाहिरीरूपमा आदर्श मानेका व्यक्तित्वलाई चिन्छ ।
बाहिरी संसारका लागि बनाइएका लक्ष्यका बारेमा ऊ जानकार छ तर आफूलाई के हुनेछ भन्ने उसको आफ्नो लक्ष्यका बारेमा उसैलाई थाहा छैन । म यो सन्देश मानिसहरूसमक्ष पु¥याउने प्रयास गरिरहेको छु किनभने उनीहरूले आफ्नो जीवनमा शान्तिको अनुभूति गर्न सकून् । वास्तवमा मानिसभित्र शान्ति नभएसम्म क्रान्ति त पैmलिरहन्छ । एकातर्पm शान्ति छ भने अर्कातिर क्रान्ति हुन्छ । शान्तिको खोजी गर्नुहोस् । जहाँ पाइन्छ त्यहीँ ठीक छ । मूल कुरा त तिर्खा मेट्नेबारेमा हो, पानीको स्रोत कहाँ छ भन्ने विषयको कुरा होइन ।
पानी जहाँको भए पनि पिउनुहोस् र आफ्नो तिर्खा मेट्नुहोस्, आफ्नो जीवनलाई सफल पार्नुहोस् । जीवनमा सबैभन्दा ठूलो कुरा आपूmले आपैmँलाई चिन्नु हो ! तपाईं आफ्ना छेउछाउका धेरैलाई चिन्नुहुन्छ तर के तपाईंंले कहिल्यै आपूmले आपूmलाई चिन्ने कोसिस गर्नुभएको छ ? तपाईंंले आपूmले आपूmलाई नचिनेसम्म तपाईंंको जीवन सफल हुँदैन । तपाईंंभित्र यो श्वास आइरहेको छ र गइरहेको छ । यो तिनै सृष्टिकर्ताले तपाईंंमाथि गरेको कृपा हो । यदि तपाईंंले यस कृपालाई बुझ्न र पहिचान गर्न सक्नुभयो भने तपाईंंका लागि यो महत्त्वपूर्ण कुरा हुन्छ । यसै सन्दर्भमा एउटा कथा छ ।
एकजना मानिस थिए । उनले ढुङ्गा फुटाउने काम गर्दथे । उनी हरेक दिन पहाडमा जान्थे । एउटा ठूलो ढुङ्गालाई फुटाउँथे । त्यसबाट स–साना मूर्ति र विभिन्न थरीका चिजहरू बनाएर बजारमा बेच्दथे । त्यसबाट नै उनले आफ्नो घर चलाउँथे । एकदिन उनले पहाडमा ढुङ्गा फुटाउँदै गर्दा सोचे– ‘मेरो जीवन कस्तो बेकामको रहेछ ! मैले कहिलेसम्म यस्तो गर्नुपर्ने होला ! यस्तो तरिकाबाट त मेरो उन्नति कहिले हुन्छ होला र !’
एकदिन उनी कतै जाँदै थिए । उनी निकै धनी मानिसको घरअगाडिबाट गइरहेका थिए । त्यो एकदमै भव्य महल थियो । त्यहाँ ठूलो भोजको कार्यक्रम भइरहेको पनि उनले देखे । धेरैजना पाहुनाहरूको जमघट थियो । गीत घन्किरहेको थियो । उनी मनमनै सोच्दै सृष्टिकर्तासँग प्रार्थना गर्न लागे– ‘यदि म पनि यस्तो धनी भइदिएको भए !’
भगवान्ले तुरुन्तै उनको इच्छालाई पूरा गरिदिए । त्यसपछि उनी धनी भए । अब उनीसँग प्रशस्त धन–सम्पत्ति र नोकरचाकरहरू पनि भए । ठूला–ठूला मानिसहरू उनलाई भेट्न आउन थाले । सबैजनाले उनको आदेश मान्न थाले । उनी त्यस शहरको सबैभन्दा धनी र शक्तिशाली मानिस भए । अब उनी धेरै खुशी थिए ।
भोलिपल्टदेखि नै मानिसहरू आ–आफ्ना समस्या लिएर उनीकहाँ आउन लागे । उनलाई चिन्ता लाग्न थालेको थियो । यत्तिकैमा एकदिन सडकमा हल्ला भइरहेको थियो । उनले त्यहाँ गएर हेर्दा राजाको गाडी गइरहेको थियो । सबैजनाले राजालाई नमस्कार गरिरहेका थिए । उनले सोचे, ‘राजालाई त मभन्दा पनि बढ्ता इज्जत गर्दा रहेछन् । राजा त मभन्दा पनि बढी शक्तिशाली रहेछन् ! त्यसपछि उनले भगवान्सँग प्रार्थना गरे, ‘यदि म राजा हुन पाएको भए !’
त्यस दिन पनि उनको इच्छा पूरा भयो । उनी राजा बने । अब राजा भएपछि त मानिसहरू उनका दायाँ–बायाँ सेवा टहल गर्न लागे । उनी जहाँ गए पनि मानिसहरूले उनलाई नमस्कार गर्दथे । यस्तो हुँदाहुँदै दिन बित्दै गए । एकदिन सेनापतिले आएर भने, ‘महाराज अर्काे राज्यको राजाले हाम्रो राज्यमा लडाइँ गर्न तयारी गरिरहेको खबर छ ।’ उनले सोचे, ‘ओहो ! राजा त बनेँ तर केही फाइदा भएन । यो त झन् झन्झट पो हुने रहेछ !’
एकदिन उनी बिहानै छतमा बसेर माथितिर हेरिरहेका थिए । यसो आकाशतिर हेरे । चम्किरहेको सूर्यतिर आँखा गयो । उनले सोचे, ‘सूर्य त चम्किरहेको छ । सबैलाई उज्यालो छरिरहेको छ । सूर्यलाई त कुनै समस्या पनि छैन । त्यो पो शक्तिशाली रहेछ ।’ उनले प्रार्थना गरे, ‘म पनि सूर्य हुन पाएको भए कति रमाइलो हुन्थ्यो !’
त्यस दिन पनि उनको इच्छा पूरा भयो । अब उनी सूर्य भएर चम्किन थाले । एकदिन उनी आकाशमा चम्किरहेका थिए । त्यसै बेला सूर्य र पृथ्वीको बीचमा बादल आइपुग्यो । बादल भएको ठाउँमा छाया पर्न थाल्यो । त्यसपछि उनलाई लाग्यो– ‘बादल त सूर्यभन्दा पनि बलवान् हुँदो रहेछ ! यसले त सूर्यको प्रकाशलाई पनि छेक्न सक्ने रहेछ ।’ उनले भने, ‘हे सृष्टिकर्ता ! मलाई बादलजस्तै बलवान् बनाइदिनुहोस् !’
उनको यो इच्छा पनि पूरा भयो । उनी बादल बने । बादल बनेपछि कहिले वर्षा गराउने, कहिले सूर्यको प्रकाशलाई छेक्ने गर्न थाले । यस्तो गर्दागर्दै उनलाई लाग्यो, ‘म निकै बलवान् भएको छु ! म त सूर्यलाई पनि छेक्न सक्छु ।’ उनी आपूm बलवान् भएकोमा असाध्यै खुशी भइरहेका थिए । त्यही बेला उनलाई कसैले चलाइरहेको अनुभूति भयो । उनले सोचे, ‘हैन, म बादललाई चलाउने हिम्मत कसले ग¥यो ? म त सबैभन्दा शक्तिशाली छु ! म त सूर्य, राजा र धनी मानिसभन्दा पनि शक्तिशाली छु । अनि, कुनचाहिँ यस्तो चिजले म बादललाई पनि चलाइरहेको छ ?’
हावाले उनलाई चलाइरहेको कुरा उनलाई थाहा भयो । त्यसपछि उनले सोचे– ‘हावा त बादलभन्दा पनि बलवान् रहेछ ।’ उनले फेरि प्रार्थना गरे, ‘ओहो म हावा हुन पाएको भए !’ तुरुन्तै उनी हावा भए । अब उनी सबै ठाउँमा जान थाले, रम्न थाले । उनलाई निकै रमाइलो लाग्न थाल्यो । बहँदै–बहँदै उनी एकदिन पहाडमा अचानक ठोक्किएपछि रोक्किए ! उनले जतिसुकै कोसिस गरे पनि चल्न सकेनन् । उनलाई लाग्यो, ‘यो को हो ? कसले मलाई रोकिरहेको छ ?’ अगाडि एउटा ठूलो पहाड उभिएको थियो । उनले सोचे, ‘यो पहाड त हावाभन्दा पनि बलवान् छ । ओहो ! बरु म पहाड हुन पाएको भए !’ त्यस दिन पनि उनको इच्छा पूरा भयो र उनी पहाड बने । उनले उठी–उठी केही सोच्न लागे, ‘अबचाहिँ, मभन्दा शक्तिशाली कोही पनि छैन । कसैले पनि मलाई हल्लाउन सक्दैन ।’
एकदिन उनी आफ्नो विचारमा मग्न थिए । त्यसै बेला उनको तलबाट कुत्रुक–कुत्रुक गर्ने एउटा आवाज आयो । उनलाई कसैले काटिरहेको छ भन्ने कुरा महसुस भयो । उनले सोचे, ‘मलाई पनि काट्न सक्ने बलवान् को रहेछ ?’ त्यसपछि उनले तलतिर हेर्दा त उनीजस्तै एउटा ढुङ्गा काट्ने मानिसले पहाडलाई फुटाइरहेको देखे । अनि, उनलाई महसुस भयो, आखिर उनी त पहिल्यै सबैभन्दा बलवान् रहेछन् तर उनी को हुन् भनेर आपूmले आपैmँलाई चिन्न सकेनन् ! यदि आपूmले आपूmलाई चिनेका भए उनले यो सबै झन्झट व्यहोर्नुपर्ने थिएन । त्यस्तै सोचले हामी पीडित हुन्छौँ । सबैभन्दा धेरै शक्ति त हामीभित्रै छ । बाहिरको शक्ति त केही पनि होइन । शक्ति त हामीभित्रै हुनुपर्दछ । शान्ति पनि हामीभित्रै हुनुपर्दछ, बाहिर होइन । तपाईंंले त्यसलाई अनुभव नगरेसम्म ‘तपाईंं को हुनुहन्छ’ भनेर आपूmले आपूmलाई पूर्ण तरिकाले चिन्न सक्नुहुन्न !’
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि धधध।उचझचबधबत।अयm०











प्रतिक्रिया