प्रधानमन्त्रीको ठाडो निर्देशनमा ११ गतेबाट १२ को परीक्षा गर्ने तयारी


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परिक्षा वैशाख ११ गतेबाटै गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले राज्यले सवै किसिमकाे सुरक्षा दिने बताएका छन् । प्रधानमन्त्रीकाे निर्देशन यही वैशाख ११ गतेदेखि परीक्षा मिति तय छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा परीक्षा गराउने निर्णय गरिएको हो ।

शिक्षक आन्दोलनका कारण परीक्षा गर्न सकिने र नसकिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्, शिक्षा एन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेको बेला बोर्डले यो निर्णय लिएको हो ।

उनीहरू आन्दोलनमा नै रहेको खण्डमा १२ को परिक्षा प्रभावित हुन सक्ने देखिएको छ । साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन् । शिक्षक र सरकारबिच द्धन्द्धकाे सिर्जना भएकाे छ ।

राष्ट्रिय परिक्षा बाेर्डले केही समय परिक्षा स्थगित गरेर वैशाख १६ अथवा १९ गते बाट सुरु गर्ने तयारी गरेकाे थियाे । साेही आधारमा बिहान साढे ८ बजे बैठक मै बैठक बाेलाइएकाे थियाे । प्रधानमन्त्रीकाे कार्यलयबाट निर्देशन आएपछि १२ गते नै परिक्षा गर्ने तयारी भएकाे हाे ।