काठमाडौं ।
सरकारले सुशासनको सवालमा प्रभावकारी काम गर्न भन्दै उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरेको हो ।
सो आयोगले सुशासन कायम गर्न गर्नुपर्ने विभिन्न कार्य तथा निर्णयहरु तत्काल गर्ने र त्यसको कार्यान्वयन मुख्य सचिवको संयोजकत्वमा रहने कार्यान्वयन समितिले गर्नेछ ।
मुख्य सचिव एकनारायण अर्यालले उच्चस्तरीय सुशासन आयोगले सुशासनका सवालमा आवश्यकताअनुसार विभिन्न निर्णय गर्ने र त्यसको तत्काल कार्यान्वयन हुने गरी आयोग गठन गरिएको जानकारी दिनुभयो ।
१५ सदस्यीय सो आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्यलगायत रहनेछन् । साथै निजी क्षेत्रबाट पनि आयोगमा प्रतिनिधित्व गराइने जनाइएको छ ।











प्रतिक्रिया