थाइराइडको समस्या र यसको उपचार

17.48k
Shares

सामान्यरुपमा भन्नुपर्दा थाइराइड मानिसको घाँटीमा हुने ग्रन्थि हो । पुतली आकारको यो ग्रन्थि घाँटीमा छालामुनि रहन्छ । यसको मुख्य काम शरीरका लागि आवश्यक हर्मोन उत्पादन गर्ने हो ।
कस्ता समस्या देखिन्छन् ?
थाइराइडमा तीन खालका समस्या देखिन्छन् । सबैभन्दा बढी देखिने समस्या भनेको हाइपोथाइरोडिजम अर्थात् थाइराइडले हर्मोन आवश्यक मात्रामा भन्दा कम उत्पादन गर्नु हो । अर्को भनेको हाइपरथाइरोडिजम अर्थात् चाहिनेभन्दा बढी हर्मोन उत्पादन । तेस्रो समस्या थाइराइडमा डल्लो आउने हो, जसलाई हामी ‘थाइराइड नड्युल्स’ भन्छौं ।
हाइपरथाइरोडिजम किन हुन्छ ?
थाइराइडलाई तीन तरिकाबाट उपचार गरिन्छ । एउटा मुखबाट खाने औषधि, दोस्रो दुई थोपा औषधि खुवाउने अर्थात् बढी हर्मोन उत्पादनलाई कम उत्पादनतिर लैजाने । तेस्रो उपचार भनेको शल्यक्रिया हो, जुन विगतमा औषधि विकास नभइसकेको अवस्थामा गरिन्थ्यो । यसमा लक्षण हेरेर औषधि खुवाउने कि, शल्यक्रिया गरेर हटाउने भन्ने निर्णय गरिन्छ ।
माइल्ड कारणका लागि थाइराइडलाई कुनै उपचार चाहिँदैन । यस्तो अवस्थामा लक्षणलाई मात्र उपचार गरे हुन्छ । थाइराइडमा समस्या देखिँदा मुटु धड्किने, शरीर दुब्लाउँदै जाने, भोक धेरै लाग्ने, पखाला धेरै हुने, टाउकोदेखि खुट्टासम्म धेरै गल्ने, झमझम गर्ने, पोल्नेजस्ता लक्षण देखिन्छन् । समस्या बढ्दै जाँदा कसै–कसैमा आँखा पनि बाहिर निस्कने हुन्छ ।
थाइराइडमा संक्रमण भएको अवस्थामा पनि यसले बढी काम गरिदिन्छ अर्थात् बढी हर्मोन निस्कन्छ । यो आफैं निको हुन्छ । तर सबैमा एकै समयमा निको हुन्छ भन्ने छैन । कसैमा एक महिनामा निको हुन्छ भने कसैमा तीन महिना पनि लाग्न सक्छ । यस्तो अवस्थामा लक्षणका आधारमा (सिम्प्टोम्याटिक) उपचार गरिन्छ । तर दुखाइ धेरै छ भने स्टेरोइड औषधि चलाइन्छ, नर्मल एन्टिाबायोटिकहरुले काम गर्दैनन् ।
हाइपर थाइरोडिजम:
हाइपरथाइरोडिजममा बिरामी दुब्लाउने हुन्छ भने हाइपोथाइरोडिजममा मोटाउने हुन्छ । तर हाइपरथाइरोडिजम भएका बेला दुब्लो मानिसमा पनि लक्षण नदेखिन सक्छ । मोटोमा पनि यो थाइराइड देखिन सक्छ । यस्तै, हाइपोथाइरोडिजममा मोटाउने लक्षण नहुन पनि सक्छ । दुब्लो मानिसमा पनि देखिन सक्छ ।
प्याराथाइराइड भनेको के हो ?
यो पनि महत्वपूर्ण ग्रन्थि हो, जुन दुईवटा थाइराइडको माथि र दुईवटा थाइराइडको तल्लो भागमा टाँस्सिएको हुन्छ । यसको काम रगतमा क्याल्सियमलाई सामान्य अवस्थामा राख्ने हो, जुन हड्डीसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । कुनै पनि प्याराथाइराइड ग्रन्थिमा समस्या देखियो भने हड्डीमा पनि समस्या देखिन्छ । प्याराथाइराइड ग्रन्थिमा समस्या देखिँदा ओस्टियोपोरोसिस अर्थात् हड्डी खिइने रोग पनि देखिन सक्छ । हाम्रो हड्डी क्याल्सियम तथा फोस्फोरसले बनेको हुन्छ, तिनलाई नर्मल लेभलमा राख्ने काम प्याराथाइराइडको काम हो ।
प्याराथाइराइडमा हुने समस्या र लक्षण:
प्याराथाइराडमा ट्युमर पलाउने समस्या देखिन सक्छ, जसका कारण हड्डीमा समस्या देखिन सक्छ । दोस्रो भनेको, थाइराइडको ट्युमर र क्यान्सर देखिँदा या सुन्निदा, काटेर फाल्नुपर्ने हुन्छ । यो ग्रन्थि थाइराइडमा टाँस्सिएको हुन्छ, कुनै अवस्थामा थाइराइड निकाल्दा यो ग्रन्थि पनि सँगै निकाल्नुपर्ने हुन्छ । यी विविध कारणले प्याराथाइराइड हर्मोन उत्पादन कम हुन्छ, जसका कारण हड्डीहरुमा समस्या निम्तिन्छ । दीर्घकालीन मिर्गौलाको रोग भएका अथवा मिर्गौला फेल भएकाहरुमा पनि थाइराइडको समस्या देखिन सक्छ ।
पिट््ट्युरी ग्रन्थि र हुन सक्ने समस्या:
पिट्युटरी ग्रन्थि मस्तिष्कको तलपट्टि झुन्डिएको अवस्थामा हुन्छ, जुन मटरकोसा आकारमा हुन्छ । पिट्युटरी ग्रन्थिलाई शरीरको ‘राजा ग्रन्थि वा किङ ग्लान्ड’ भनिन्छ । शरीरमा जति पनि ग्रन्थि हुन्छन्, ती सबैलाई नियन्त्रण गर्ने काम पिटट्युरी ग्रन्थिले गर्छ । पिट््ट्युरी ग्रन्थि जत्रो आकारको हुनुपर्ने हो, त्योभन्दा कम आकारको हुने र कुनै अवस्थामा ग्रन्थि नै नहुनेजस्ता समस्या देखिन सक्छ । अर्को गम्भीर समस्या भनेको यो ग्रन्थिको ट्युमर हो । यो ट्युमरले प्रोल्याक्टिङ भन्ने हर्मोन धेरै उत्पादन गर्छ । दूध खुवाइरहेका आमामा परीक्षण गर्ने हो भने प्रोल्याक्टिङ हर्मोन बढी देखिने हुन्छ । गर्भको चौथो महिनापछि यो हर्मोन प्राकृतिकरुपमै बढ्न थाल्छ । तर, दूध नखुवाइरहेका महिलामा पनि यो हर्मोन बढी भयो भने पिट्ट्युरी ग्रन्थिको क्यान्सर शंका गरेर एमआरआई गर्नुपर्छ ।
पिट्ट्युरी ग्रन्थिमा समस्या हुँदा देखिने लक्षण:

सबैभन्दा पहिले प्रजनन समस्या देखिन सक्छ । कतिपय बिरामीमा टाउको दुख्ने, स्तनबाट दूध या पानी निस्कने हुन्छ । उपचारका लागि प्रोल्याक्टिङको लेबल किन बढेको छ, थाहा हुनुपर्छ । दिनभरको दौडधुपछि चेक ग¥यो भने पनि तनावका कारण लेबल बढी देखाउँछ । त्यसैले प्रोल्याक्टिङ लेबल जहिले पनि खाली पेटमा चेक गर्दा राम्रो हुन्छ । यस्तै, लामो समयसम्म औषधि सेवन गर्दा या साइकियाट्रिक औषधि सेवन गर्दा पनि प्रोल्याक्टिङ लेबल बढाउँछ । औषधिको कारणले हो कि होइन भनेर बुझेपछि एमआरआई गराउनुपर्छ ।
ट्युमर १० मिलिमिटरभन्दा सानो छ भने माइक्रोएडिनोमा भनिन्छ । १० मिलिमिटरभन्दा बढी छ भने म्याक्रोएडिनोमा भनिन्छ । केही गरी ट्युमर देखियो भने औषधि छ, आत्तिनुपर्दैन । हप्ताको एक या दुईपटक खाने औषधिले प्रोल्याक्टिङको लेबल कम गराउनुका साथै ट्युमर पनि घटाउँछ । यसको कुनै साइड इफेक्ट हुँदैन । यसले एक महिनामै रगतबाट प्रोल्याक्टिङ लेबल कम गराउँछ । ट्युमरको साइज घट्न भने समय लाग्छ । हर्मोनको रोग लागिसकेपछि नआत्तिईकन डाक्टरकहाँ गएर उपचार गराउनुपर्छ । काठमाडौंको नर्भिकमा हरेक हर्मोनल समस्याको उपचार छ । कुनै पनि औषधि छाड्नुअघि या घरेलु उपचार गर्नुअघि एकपटक डाक्टरसँग परामर्श लिनुपर्छ । यसका साथै खाइरहेको औषधि पनि नछाड्नुहोला ।
(डा. शाह नर्भिक अस्पतालका कन्सल्ट्यान्ट इ्न्डोक्राइनोलोजिस्ट हुनुहुन्छ ।)