पोखरा ।
आज सोमबारदेखि शैक्षिक सत्र शुरू हुँदै थियो । नियमित पठनपाठन हुने थियो, तर रोकियो ।
चार दिन पर धकेलियो । पोखरा महानगरपालिकाले गत चैतमा नै नयाँ शैक्षिक सत्रको क्यालेन्डरमा वैशाख ८ गतेदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन शुरू गर्ने निर्णय गरेको थियो । केही विद्यालयको पठनपाठन सोमबारदेखि शुरू हुने र केहीको नहुने अवस्था देखिएपछि महानगरपालिकाले वैशाख ११ गते नियमित पठनपाठन हुने सार्वजनिक सूचना जारी ग¥यो ।
सूचनामा ‘पोखरा महानगरपालिकाको नयाँ शैक्षिक सत्र २०८२ को पठनपाठन कार्य २०८२ वैशाख ८ गतेबाट सञ्चलान गर्ने भनी शैक्षिक क्यालेन्डरमा उल्लेख भएकोमा विद्यालयहरूको भर्नालगायतका अन्य पूर्वाधारसमेतको व्यवस्थापन गर्न समय अभावको कारण २०८२ वैशाख ११ गते बिहीबाट नियमित पठनपाठन चालू गर्नु गराउनुहन सम्बिन्धत सबैमा यो सूचना प्रकाशित गरिएको छ’ उल्लेख छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम आचार्यका अनुसार महानगरपालिकामा महानगरप्रमुख धनराज आचार्यलगायतको विद्यालय तथा शिक्षासँग सम्बिन्धत सरोकारवालासँग छलफल गरी शैक्षिक सत्रको पठनपाठन बिहीबारदेखि गर्ने निर्णय गरिएको हो । ‘संस्थागत विद्यालयको पठनपाठन सोमबारदेखि हुने र सामुदायिक विद्यालयको पठनपाठन नहुने हुँदा विद्यार्थीमा पर्ने प्रभावलाई ध्यानमा राखी बिहीबारदेखि नियमित पठनपाठन गर्ने छलफल गरी निर्णय गरेका हौं’ –शिक्षा महाशाखा प्रमुख आचार्यले भन्नुभयो ।
उहाँले महानगरको नीति नै ‘सबैका लागि शिक्षा’ भन्ने हो । त्यही भएर नै विद्यालयको पठनपाठन एकैदिन शुरू गर्ने स्पष्ट पार्नुभयो । संस्थागत विद्यालयको पठनपाठन हुँदा सामुदायिक विद्यालयको पठनपाठन नहँुदा समस्या हुने उहाँले सुनाउनुभयो । यति बेला सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनरत छन् । लामो समय हुँदा पनि शिक्षकहरूको आन्दोलनको सम्बोधन भएको छैन । झन्डै दुई साता आन्दोलन हुँदा सामुदायिक विद्यालयको नयाँ शैक्षिक सत्रको पठनपाठन अन्योल बनेको छ ।
महानगरमा १७५ संस्थागत विद्यालय छन् । १९८ सामुदायिक विद्यालय छन् । दुईवटा विद्यालय भने गत शैक्षिक सत्रमा मर्ज भएका थिए । उहाँले नयाँ शैक्षिक सत्रको पठनपाठनसँगै विद्यालयमा विद्यार्थीकै भनाइ अभियानले मात्रै सामुदायिक विद्यालयको मर्जरको अवस्थाबारे निर्णय हुने बताउनुभयो । छलफलमा निजी विद्यालयहरूको छाता संगठन प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, एन प्याब्सनका सचिव प्रेम अधिकारी तथा युनिप्सका पदाधिकारीको समेत उपस्थिति थियो ।











प्रतिक्रिया