सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सव सम्पन्न


काठमाडौं
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्थापना भएको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा १८ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा स्थापना भएको सिटिजन्स बैंकले हालसम्म १८ लाख ७९ हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।

हाल देशभर २०० शाखामार्फत सेवा दिइरहेको बैंकको निक्षेप रकम चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब २ खर्ब २ अर्ब पुगेको छ भने कर्जातर्फ १ खर्ब ७३ अर्ब परिचालन भएको छ। सातै प्रदेशमा आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालन गर्दै आएको बैंकले देशभर पहुँच विस्तार गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले आज बिहानै सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ, जसमा करिब ९२१ कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रभातफेरी कार्यक्रमले वित्तीय साक्षरताका लागि जनचेतना फैलाउने अपेक्षा लिइएको बैंकले जनाएको छ ।

त्यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान नै जीवनदान” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलको सहकार्यमा सातवटै प्रदेशका ३३ शाखाबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा एकैदिन रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

डिजिटल बैंकिङ्गमा अग्रसर सिटिजन्स बैंकले (ब्रिक बैंकिङ टु क्कि बैंकिङ) भन्न मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालमै पहिलो पटक ‘क्रस बैंक टेलर) सेवा सुरू गरेको छ । यस सेवाबाट अब अन्य बैंकका ग्राहकहरूले पनि सिटिजन्स बैंकको नजिकको शाखामा गई आफ्नो बैंकको मोबाइल बैंकिङमार्फत युआर स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । यसले भुक्तानी प्रक्रियालाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ ।