काठमाडौं ।
नेपाल पत्रकार महासंघले समावेशी, सुरक्षित र सम्मानजनक कार्य वातावरण प्रवर्द्धन गर्ने सञ्चारमाध्यमहरूलाई प्रोत्साहित गर्न ‘सर्वोत्कृष्ट सञ्चारमाध्यम अवार्ड’ का लागि आवेदन खुला गरेको छ।
युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित ‘Strengthening Democracy: Voice, Civic Engagement, and Accountability’ परियोजनाअन्तर्गत इन्टरनेशनल अलर्ट, सञ्चारिका समूह नेपाल र एकाउन्टेबिलिटी ल्याब नेपालको सहकार्यमा अवार्ड प्रदान गरिँदैछ।
महासंघका अनुसार अवार्डले सञ्चारमाध्यममा लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवर्धन गर्ने उत्कृष्ट अभ्यासलाई मूल्यांकन गर्नेछ। मूल्यांकनका मापदण्डमा GESI नीति, महिलाको नेतृत्व सहभागिता, अपाङ्गमैत्री कार्य वातावरण, गुनासो व्यवस्थापन संयन्त्र लगायत विषयहरू समेटिएका छन्।
इच्छुक सञ्चारमाध्यमले आवश्यक कागजातसहित अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८२ वैशाख १२ (अप्रिल २५, २०२५) सम्म रहेको छ। अवार्ड वितरण २०८२ वैशाख २० (मे ३, २०२५) मा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिने छ।











प्रतिक्रिया