सञ्चारिका समूहकाे अध्यक्षमा कमला पन्थी विजयी


काठमाडौं ।

सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी विजयी भएकी छन् ।

महाधिवेशनबाट कमला पन्थीको अध्यक्षतामा उपाध्यक्ष बसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ र सदस्यहरु कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका छन् ।

शुक्रबार नयाँवानेश्वरमा सम्पन्न अधिवेशनको निर्वाचनबाट उक्त समिति चयन भएको हो । रानैतिक रसाकस्सी र दवावमा भएको सञ्चारिको निर्वाचनमा केही उमेदवारहरूलाई कारवाहीको धम्कीपत्र समेत प्रेस चौतारिले सञ्चारिका समूहको मेसेन्जर ग्रुपमा हालेको थियो । कारवाहीको धम्की दिएका मध्ये केही विजयी भएका छन् ।