तपाईँको हृदयलाई परमानन्दको आवश्यकता छ

3.1k
Shares

मार्ने व्यक्तिभन्दा बचाउने व्यक्ति महान् हुन्छ । यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । नाम मात्रको बचाउने व्यक्ति होइन, यथार्थमा बचाउन सक्ने व्यक्ति । म एउटा उदाहरण दिन्छु । कतिपय अवस्थामा दुर्घटना हुन्छ । मानिसहरू डुबेर मर्न पुग्छन् । तिनको शरीरलाई बाहिर निकाल्नका लागि मानिसहरू आउँछन् ।

तिनीहरूलाई ‘बचाउने मानिस’ भनिदैन । बचाउने व्यक्तिले त डुब्नुभन्दा अगाडि नै बचाउन सक्नुपर्छ । यदि यस भवसागरमा हामीले बाँच्न पाउने कुनै क्षेत्र छ भने त्यो ‘अहिले’ छ । भोलि या पर्सिको कुनै महत्त्व हुँदैन । ‘अहिले’ । वास्तवमै मानिस यस भवसागरमा डुबिरहेका छन् । पौडन नआएर डुब्नु नै मानिसको सबैभन्दा ठूलो समस्या हो अर्थात् लामो समयसम्म पौडिरहनुप¥यो भने पनि त पक्कै ऊ डुब्छ । यो त सागरको प्रकृति हो । यो पानीको प्रकृति हो किनभने मानिस पानीभित्र बस्न सक्दैन तर माछा बस्न सक्छ । यसकारण मानिस अवश्य डुब्छ तर डुब्नबाट जोगाउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो– वास्तविक रूपमा बचाउने काम ।

यदि कुनै मानिसले यस संसारमा उसले आजसम्म गर्दै आएका तिनै सम्पूर्ण कामहरू मात्रै गरिरहन्छ भने उसले मृत्यु हुनुपूर्व के ग¥यो त रु कस्तो कमाइ ग¥यो रु यस संसारका कतिपय मानिसहरू नाम कमाउने ध्याउन्नमा हुन्छन् । नयाँ पुस्ता आउनेछन् तर तिनले तपाईँको नामसमेत बिर्सनेछन् । तपाईँलाई प्राचीन इजिप्टका कति जना मानिसको नाम याद छ रु त्यस समयमा नाम कमाउने उद्देश्यले धेरै मानिसहरूले असल काम पनि गरे होलान् तर ती कहाँ छन् रु को हुन् रु उनीहरू को थिए अनि उनीहरूको नाम कहाँ छ रु मानिसहरू त म यसो गर्छु, त्यसो गर्छु, नाम कमाउँछु, धन कमाउँछु भन्ने ठान्छन् । सन्तमहात्माका अनुसार यी सारा चिजहरू हामीसँग जाँदैनन् ।

आमाबुबाहरूले आफ्ना बालबच्चाको हेरचाह गर्नुहुन्छ । उहाँहरूले उनीहरू ठूला मान्छे बनून्, सफल होऊन् भन्ने चाहना राख्नुहुन्छ तथापि त्यो आमाबुबाको नाता पनि तपाईँसँग जाँदैन । तपाईँले जसलाई आफ्नो भन्नुहुन्छ ती पनि आफ्ना होइनन् ।
यी सबै मायारूपी चिजहरू, मानिसहरूले पछ्याइरहेका अन्य सबै चिजहरू जतासुकै छन् । ‘लक्ष्मी, लक्ष्मी’ भन्दै ती सारा चिजहरूका पछि तपाईँ दगुरिरहनुभएको छ नि, त्यो धन त तपाईँसँगै छ । तपाईँले के बुझ्नुपर्छ भने तपाईँ जन्मिएकै दिन तपाईँकी लक्ष्मी आइसकिन् ।

अब लक्ष्मीपति नै तपाईँभित्र आइसकेपछि लक्ष्मी कसरी आउँदिनन् रु तर, लक्ष्मीले कस्तो धन लिएर आएकी छिन् रु सुन होइन, आनन्दको धन लिएर आएकी छिन् । तपाईँलाई आनन्द धनको आवश्यकता महसुस हुन्छ कि हुँदैन १ यदि महसुसै हुँदैन भने यो हुनुको अर्थ नै के भयो र । वास्तवमा तपाईँले आपूmभित्रको आवाज कस्तो आवाज हो भन्ने कुरालाई महसुस गर्नु आवश्यक छ । त्यो आनन्दरूपी धन, ज्ञानरूपी धनको आवाज हो । तपाईँले यस कुरालाई महसुस नगरेसम्म तपाईँलाई अत्यन्तै आवश्यक पर्ने चिज प्राप्त गर्न सक्नुहुन्न । किनभने, तपाईँले त्यस चिजको खोजी नै गर्नुहुन्न तर तपाईँलाई आनन्दको आवश्यकता छ । तपाईँ आनन्दका लागि बन्नुभएको हो ।

तपाईँको उमेर बढेसँगै तपाईँ राम्रोसँग देख्न नसक्ने बन्दै जानुहुनेछ । तपाईँको श्रवणशक्ति पनि बिस्तारै कमजोर हुँदै जान्छ । यिनले पहिला जसरी काम गर्दैनन् । मानसिक शक्तिहरू पनि बिस्तारै कमजोर हुन थाल्छन् । हरेक चिजको शक्ति बिस्तारै कमजोर हुँदै जान्छ तर आनन्द लिने एउटा शक्ति कहिल्यै पनि कमजोर हुँदैन । आज तपाईँ चाहे ८० वर्षको भए पनि, ९० वर्षको भए पनि या ७० वर्षको भए पनि तपाईँले बाल्यकालमै जसरी आनन्द लिन सक्नुहुन्छ । त्यसमा कुनै अन्तर हुँदैन अनि कहिल्यै हुनेछैन । सृष्टिकर्ताले तपाईँलाई यहाँ आउने, यो दुनियाँमा रहने, परमानन्दलाई पहिचान गर्ने अनि आनन्दलाई अनुभूत गर्ने ढाँचामा निर्माण गरेका छन् ।

तपाईँको वास्तविक नाता कोसँग छ रु वास्तविक नाता त्यो परमानन्दसँग छ । यदि तपाईँले त्यसलाई आफ्नो जीवनमा अनुभव गर्नुभएन भने तपाईँसँग जे–जे भए पनि त्यो केही होइन । हृदयलाई परमानन्दको आवश्यकता छ । यदि हृदय भरिएको छैन भने तपाईँ सबैथोक भएपछि पनि कङ्गालै हुनुहुनेछ । तपाईँ पढेलेखेको हुनुहोस् या नहुनुहोस्, तपाईँ युवा हुनुहोस् या वृद्ध हुनुहोस् । तपाईँ जोसुकै भए पनि यसले केही फरक पर्दैन । फरक पर्ने एउटै कुरा के हो भने तपाईँले ठूलो सौभाग्यका कारण यो मानव शरीर पाउनुभएको छ । ‘बडे भाग्य मानुष तन पावा’ अर्थात् ‘ठूलो भाग्यले मानिसको जीवन पाइएको छ ।’ यदि तपाईँले यो कुरा बुझ्नुभएको छैन भने म तपाईँलाई बुझाउन सक्छु ।

तपाईँले जीवन पाउनुभएको कुरा एकदमै सत्य हो । यो सत्य कुरा हो । के तपाईँ सत्यलाई सुन्न चाहनुहुन्छ १ तपाईँका लागि सबैभन्दा ठूलो सत्य भनेकै तपाईँ जीवित हुनुहुन्छ । तपाईँ किन जीवित हुनुहुन्छ रु किनभने, तपाईँमा ती सृष्टिकर्ताको आशीर्वाद आउने, जाने गरिरहेको छ । त्यो चिज हो– यो श्वास । यस श्वासको महत्त्व बुझेर त्यो परम आनन्दलाई अनुभव गर्नुहोस् अनि आफ्नो जीवनलाई सफल पार्नुहोस् ।

मानिसको जीवनमा बुझ्नुपर्ने कुराहरू धेरै छन् । तथापि, यो जीवनलाई नै बुझ्नु अत्यावश्यक छ । तपाईँको जीवनको सबैभन्दा पहिलो कुरा के हो रु ‘तपाईँ भित्रबाटै खुशी हुन चाहनुहुन्छ । तपाईँ आफ्नो जीवनमा सन्तुष्ट हुन चाहनुहुन्छ ।’ यस्तो इच्छा हरेक व्यक्तिको जीवनमा हुने गर्दछ । तर, आज मानिस लोभ–लालचको दलदलमा फसेको छ । उसले आफ्नो मनमा, आफ्नो दिमागमा लालसा र इच्छाहरूको बोझलाई बोकेको छ । मलाई यो पनि चाहिएको छ, मलाई त्यो पनि चाहिएको छ १ यिनै चाहना, यिनै लोभलाई पूरा गर्छु भन्दाभन्दै हामी आफ्नो पूरै जीवनलाई बिताइदिन्छौँ । तर, आफ्नो वास्तविक आकाङ्क्षालाई बुझ्नै सक्दैनौँ । हाम्रो वास्तविक चाहना हो– शान्तिको चाहना । यदि जीवनमा शान्तिको अनुभव गर्न सकिएन भने जहाँ गए पनि दुःखी नै भइरहिन्छ ।

यसै सन्दर्भमा एउटा कथा छ । एकजना लोभी प्रवृत्तिका राजा थिए । उनलाई थरी–थरीका स्वादिष्ट भोजन खाने इच्छा भइरहन्थ्यो । उनले आफ्ना भान्सेलाई भने– ‘एकदम मीठा–मीठा खानाका परिकार तयार पार १’ त्यसैले भान्सेले के सोच्यो भने यसपटक त म यस्तो मीठो परिकार बनाउँछु जसले गर्दा राजा पनि खुशी भएर मलाई पुरस्कार दिऊन् । अनि, उनले निकै मीठो मिठाइ तयार पारे । त्यसको वासना पूरै राजमहलमा पैmलियो । राजाले पनि त्यो बास्नाको सुगन्ध लिएपछि उनलाई पनि असाध्यै मन प¥यो । उनले यो सोचे, ‘मलाई लाग्छ, पक्कै पनि भान्सेले नै यस्तो स्वादिष्ट भोजन तयार पारेको हुनुपर्छ ।’

बिस्तारै–बिस्तारै राजमहलका कुनाकानीमा भएका मुसाहरूसम्म पनि त्यो मिठाइको बास्ना पैmलँदै थियो । हुँदा–हँदा टाढा–टाढाबाट मुसाहरू त्यो बास्नालाई पछ्याउँदै दरबारमा आउन लागे । पूरै महल मुसैमुसाले भरिभराउ हुन लाग्यो । कहिले पर्दामाथि मुसा चढिरहेका छन्, कहिले खानामा पसिरहेका छन् । राजालाई यो सबै घटनाले सहिनसक्नु भयो ।

राजाले आफ्ना मन्त्रीहरूको सभा बोलाएर भने– ‘यी सबैलाई हटाउने कुनै उपाय खोजौँ १’
मन्त्रीहरूले भने, ‘महाराज १ एउटा तरिका छ । बिरालाहरूलाई बटुलौँ । बिरालालाई ल्याउनासाथ मुसा भाग्छन् ।’
राजाले आदेश दिए, ‘जानुहोस् १ राज्यका सबै ठाउँमा जति पनि बिरालाहरू छन्, सबैलाई समातेर ल्याउनुहोस् ।’
अब राजमहलका हरक्षेत्र बिरालाहरूले ढाकिएका छन् । सबै मुसाहरू त भागे तर अब जता हे¥यो– बिरालै–बिराला छन् । बिरालाहरू कहिले आफ्ना नङ्ग्राले पर्दा च्यातिरहेका छन् त कहिले गलैँचालाई । राजालाई फेरि अर्को चिन्ताले दुखित तुल्यायो ।
राजाले फेरि सभा बोलाएर भने– ‘मुसा त भागे, अब बिरालाहरूलाई कसरी भगाउने ’
मन्त्रीहरूले भने, ‘महाराज १ कुकुरका डरले बिरालाहरू भाग्छन् ।’
राजाले सिपाहीहरूलाई आदेश दिए, ‘जानुहोस् १ जति पनि कुुकुरहरू छन्, सबैलाई यहाँ ल्याउनुहोस् ।’
सिपाहीहरूले कुकुरहरू लिएर आए । अब त जता हेरे पनि कुकुरै–कुकुर । कुकुरले पूरै राजमहललाई फोहोर बनाउन थाले ।
अब कुकुरबाट हैरान भएका राजा सोच्न लागे । अब के गर्ने १ कुकुरबाट बच्नका लागि हात्तीलाई झिकाइयो ।
त्यसपछि सबैतिर हात्ती नै हात्तीले ढाकेको छ । महलभरि तिनीहरूले भत्काउन–बिगार्न थाले । फेरि राजाले मन्त्रीहरूलाई मुसा ल्याउनका लागि आदेश दिए, किनकि हात्ती मुसासँग डराउँछ ।

अब फेरि मुसालाई ल्याइयो । सबै हात्ती त्यहाँबाट छोडेर अन्तै गए । पहिला जसरी नै सबैतिर मुसैमुसाको भीड देखिन थाल्यो । अनि, बल्ल राजालाई महसुस भयो– त्यही मिठाइको बास्नाका कारण यी सबै घटना घटिरहेका छन् । मुसालाई भगाउन उनले भान्सेलाई बोलाएर भने ‘यो मिठाइलाई कतै टाढा लगी फ्याँकेर आऊ । अबदेखि यस्तो मीठो खानेकुरा कहिल्यै नबनाउनू ।’ अनि, मिठाइको सुगन्ध हटेपछि मुसाहरू त्यस राजमहललाई छोडेर अन्तै गए ।

सारा संसारको हालत यस्तै छ । लोभका कारणले हामी कुनै समस्यालाई उब्जाउँछौँ । त्यसपछि त्यसको समाधान खोज्छौँ । त्यो समाधानलाई खोज्दा–खोज्दा फेरि अर्को समस्या उत्पन्न हुन्छ । फेरि त्यो समस्याको हल खोज्न थाल्छौँ अनि अरू समस्याहरू उत्पन्न हुँदै जान्छन् । यही क्रमानुसार हामी ती समस्याहरूलाई समाधान गर्नतिर तल्लीन हुन्छौँ ।

तर, इच्छा र लोभ–लालचको बोझले हामीलाई यति थिचेको छ कि त्यसले गर्दा हामी आफ्नै मूल स्वभावलाई बिर्सन पुग्छौँ । यदि लोभ नै गर्नु छ भने यो श्वासका लागि लोभ गर्नुहोस् । तपाईँभित्र यो जुन श्वास आइरहेको अनि गइरहेको छ, यसका लागि लोभ गर्नुहोस् । यसलाई खेर जान नदिनुहोस् ।

लोभ र चाहनाले हामीलाई दुःख दिन थालेपछि हामीले के कुरामा ध्यान दिन आवश्यक हुन्छ भने ‘हाम्रो वास्तविक चाहना के हो रु’ वास्तवमा हरेक व्यक्तिको हृदय आनन्दमा रहन चाहन्छ । अनि, जबसम्म आनन्द प्राप्त हुँदैन तबसम्म तपाईँको जीवन सफल हुँदैन । त्यसकारण यो संसारको इच्छारूपी बोझलाई बिसाउनुहोस् । अनि, त्यो चिजको दर्शन गर्नुहोस्, जुन हरेक समय तपाईँको श्वाससँगै तपाईँकै हृदयमा अवस्थित छ ।

मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण: डा.प्रेमराज ढुङ्गेल