भरूवा बन्दुकसहित एक जना पक्राउ


बैतडी ।

दशरथचन्द नगरपालिका-२ दल्लाबाट भरूवा बन्दुक १ थान सहित एकजना पक्राउ परेका छन् ।

सोही नगरपालिका–२ दाडीमगडा बस्ने ५५ वर्षीय राज बहादुर बोहरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।