काठमाडौं ।
नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशभर हड्ताल सुरु हुने जानकारी दिएको हो।
शिक्षा ऐनको सुधार र गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्नका लागि सरकारमाथि दबाब दिन यो हड्ताल गरिएको छ।
सरकारसँगका विभिन्न मागका लागि महासंघ २० गतेदेखि सडक आन्दोलनमा रहेको छ। शिक्षक, कर्मचारीलाई हड्तालमा सहभागी हुन आग्रह गर्दै सबै विद्यालय बन्द गर्ने आह्वान गरिएको छ।
यस अवधिमा कुनै शैक्षिक गतिविधि जस्तै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार आदि नगर्ने अपिल गरिएको छ।

प्रतिक्रिया