अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ को मृत्यु, २ जना घाइते


काठमाडाैं ।

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान मालारानी गाउँपालिका-३ ढुङ्गाडेस्थित लुटीपोखरी-खनदह भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका हुन् ।

मालारानी-३ लुटीपोखरीबाट मालारानी-४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा चिकित्सकले मृत घोषणा गरिएको प्रहरीले जानकारी दिए । घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरीले जनाएको छ ।