गरिमा विकास बैंकको नयाँ वर्ष अफर, दराजबाट सामान किन्दा १५ प्रतिशत छुट


काठमाडौं
गरिमा विकास बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ प्लेटफर्म दराजबाट सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिन बैंक र दराजबीच सम्झौता भएको हो ।

बैंकले नयाँ वर्ष २०८२ लाई लक्षित गरेर छुट योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले दराजको बेवसाइट वा मोबाइल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्म र डेबिट कार्ड होल्डरले १० प्रतिशत वा अधिकतम ५सयसम्म छुट पाउनेछन् ।

छुट योजना २०८१ चैत २२ गतेदेखि २०८१ चैत ३१ गतेसम्म लागू हुने बैंकले जनाएको छ । हाल बैंकले १२३ शाखा, १ एक्सटेन्सन कार्यालय र ५० एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।